"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

साइपाल र अपिलाई पर्यटकीय गन्तव्य बनाउने कार्यको थालनी

No data was found

Khabar Raftar

मंसिर ०४ बझाङ । सुदूरपश्चिम प्रदेशका साइपाल र अपि क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने कार्यको थालनी भएको छ ।

नेपाल पर्यटन बोर्ड तथा सहारा नेपालद्वारा सञ्चालित दिगो पर्यटन परियोजनाद्वारा सुदूरपश्चिम प्रदेशका साइपाल र अपि क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने कार्यको थालनी भएको हो ।

परियोजनाले साइपाल गाउँपालिकाको साइपाल हिमाल देखि दार्चुलाको अपि हिमाल गाउँपालिकामा पर्ने अपि हिमाल आधार शिविर क्षेत्रसम्म पदमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्न थालेको सहारा नेपालका स्रोत व्यक्ति वसन्त बोहराले   बताए ।

साइपाल देखि अपिसम्मको पर्यटकीय विकासका लागि पदमार्गमा निर्माण गर्नुपर्ने भौतिक संरचनाका साथै अन्य अत्यावश्यक पूर्वाधारबारे दुई साता अध्ययन गरिएको बताउदै उनले पहिलो चरणमा होमस्टे, विश्रामस्थल, पुलपुलेसा तथा पदमार्ग निर्माणका लागि अध्ययन गरिएको जानकारी गराए ।

स्थानीयको सहयोगमा पूर्वाधार निर्माण गर्न थालिने बताउदै उनले बझाङको साइपाल गाउँपालिकाको निलखटी हिमाल, सुर्मा गाउँपालिकाको बिरू ओडार र अपि हिमाल गाउँपालिकाको अपि आधार शिविर क्षेत्रको बीचमा पर्ने कालागाडमा पर्यटकका लागि धेरै संरचना बनाउनु पर्ने उनले बताए ।

त्यसैगरी पर्यटकीय क्षेत्रको विस्तारका लागि साइपाल गाउँपालिकाले विभिन्न संस्थासँगको साझेदारीमा पर्यटकीय संरचना निर्माण गरिरहेको गाउँपालिकाका इन्जिनियर सुशील बोहराले बताए ।

मानव बस्तीको अन्तिम गाउँ धुलीबाट अपि हिमालको आधार शिविरसम्म पुग्न एक साता भन्दा बढी पैदलयात्रा गर्नुपर्ने बताउदै उनले बीचमा पाँच हजार २ सय मिटर उचाइमा रहेको निलखटी हिमाल पार गरेर बिरू ओढार, कालागाड हुँदै अपिको फेदसम्म पुगिने जानकारी गराए ।

हिउँदमा हिमाल क्षेत्र पार गर्न नसके पनि अरु बेला पर्यटकलाई. यात्रा गर्न सहज हुने बताउदै उनले विगतमा साइपालबाट अपि जाने पर्यटकलाई पैदल यात्राको समस्या हुने गरेको बताए । अब त्यो समस्या हट्ने बताउदै उनले अर्को वर्षदेखि पर्यटकले बाटोमा बासका साथै खाना पनि पाउने बताए ।

पर्यटकका लागि आधारभूत संरचना निर्माण गरिने बताउदै उनले धुलीभन्दा माथि सञ्चारको समस्या भएकाले नेपाल टेलिकमसँगको साझेदारीमा त्यो समाधान गर्न सकिने उनले बताए ।

अहिले धेरै समस्या नेटवर्कको भएको बताउदै उनले चार हजार तीन सय मिटर उचाइमा रहेको निलखटी पाटन सम्म मात्रै नेटवर्क हुने जानकारी गराए । हाल पर्यटकहरू साइपालबाट ताक्लाकोट नाका वा उरै लेकसम्म जाने गरेको जानकारी गराउदै उनले निलखटी हुँदै अपिसम्म जानेहरू खासै नभेटिएको बताए ।

त्यसैगरी साइपाल गाउँपालिका वडा नम्बर–३ का गोपी बोहराले पदमार्ग नभएकाले साइपालका सुन्दर स्थल आन्तरिक एवं बाह्य पर्यटकले देख्न नपाएको बताए ।

पैदलमार्ग नभएकाले आएका केही पर्यटक पनि फर्कने गरेको बताउदै उनले अब बाटो खुलेपछि ताक्लाकोट जानेभन्दा बढी पर्यटकले साइपाल–अपि रूटबाट यात्रा गर्ने बताए ।

साइपाल गाउँपालिका–४ धुलीका उमेश रोकायाले पर्यटक आए पछि स्थानीयका लागि रोजगारीका अवसर सृजना हुने बताए । साइपालमा सयौँ पर्यटकीय स्थल भएको बताउदै उनले पर्यटक आउने वातावरण बन्दै र्गएको बताए ।

केही नभए पनि भरिया र सहयोगीले काम पाउने बताउदै उनले। अपि–साइपाल क्षेत्रमा बाटो बने पछि बेमौसममा पनि स्थानीयले काम पाउने उनले बताए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान