मंसिर ०४ अछाम । अछामको मेल्लेख गाउँपालिकाले करारमा कार्यरत ४८ जना कर्मचारीहरूलाखई हटाएको छ । गत कात्तिक ३० गते बसेको ७ औं कार्यपालिका बैठकले करारमा कार्यरत ४८ जना अस्थायी कर्मचारीलाई हटाएको हो ।
मल्लेख गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सङ्गीता ताम्राकारले पालिकामा कार्यरत अस्थायी कर्मचारीहरूको करार सम्झौता रद्द गरिएको जानकारी गराईन ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र अनुसार, कार्यपालिका बैठकले करारमा कार्यरत कर्मचारीहरूको करार सम्झौँता रद्द गर्ने निर्णय गरेसँगै मङ्सिर १ गते देखि करार कर्मचारीहरू कार्यालयमा हाजिर नभएको उनले बताइन ।
मेल्लेख गाउँपालिकामा करारमा कार्यरत एक जना रेडियोग्राफर, ल्याब ४ जना, अनमी ६ जना, स्टाफ नर्स एक जना, मेडिकल अधिकृत एक जना, वडा सहायक ८ जना, कम्प्युटर अपरेटर १ जना, सहायक कम्प्युटर अपरेटर १ जना, आँखा उपचार केन्द्रमा कार्यरत ३ जना, प्राविधिक ३ जना, खेलकुद प्रशिक्षक १ जना, रोजगार शाखामा कार्यरत २ जना स्वीपर ८ जना र ५ जना कार्यालय सहयोगीको करार सम्झौता रद्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ताम्राकारले जानकारी गराईन ।
अस्थायी कर्मचारीहरूको करार सम्झौता रद्द गरिए पछि सेवा प्रभावहमा जटिलता थपिएको उनले बताईन । कर्मचारी अपुग भएपछि कार्यालयका नियमित कामकाज प्रभावित बनेको निमित्त प्रमुख प्रशासकीय अधिकृत ताम्राकारले बताइन् ।
उनका अनुसार, हाल आँखा उपचार केन्द्र बन्द भएको छ भने, मेडिकल अधिकृत नहुँदा अहिले एक जना अहेबको भरमा सेवा सुचारु भइरहेको छ । अहिले कार्यालयको सरसफाइमा समेत समस्या भएको उनले बताईन ।
खाली दरबन्दीहरूको प्रक्रिया पु¥याएर परीक्षाको माध्यमबाट आवश्यक कर्मचारी नियुक्ति गर्न प्रक्रिया अगाडि बढाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ताम्राकारले जानकारी गराईन ।


