कार्तिक ३० कञ्चनपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा तीन हजार १ सय २५ जना नयाँ मतदाता थपिएका छन् ।
शनिबार सम्म एक हजार ६ सय ८९ जना पुरुष र एक हजार ४ सय ३६ जना महिला गरी तीन हजार १ सय २५ जना नयाँ मतदाता थपिएका हुन ।
त्यसैगरी बाह्य जिल्लाका एक सय ३७ जना पुरुष र ९१ जना महिला गरी १ सय २८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन ।
जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरकी कम्प्युटर अपरेटर सङ्गीता विष्टले उक्त संख्यामा मतदाता थपीएको जानकारी गराउदै नयाँ मतदाता थपिनु अघिको कुल मतदाताको सङ्ख्या तीन लाख तीन हजार ८७ रहेको बताईन ।
जसमा एक लाख ४७ हजार २ सय ८३ जना पुरुष,एक लाख ५५ हजार ८ सय ३ जना महिला र अन्य एक जना रहेको उनले जानकारी गराईन ।
निर्वाचन कार्यालयले असोज देखि मतदाता नामावली सङ्कलन गर्दै आएकोमा कात्तिक मसान्त सम्म म्याद रहे पनि निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी मतदाता नामावलीमा नाम दर्ता गर्ने म्याद बढाएर मङ्सिर ५ गते सम्मका लागि थप गरेको छ ।
नामावलीमा नाम दर्ता गराउन राष्ट्रिय परिचयपत्र प्रयोग गरेर वा साविक प्रयोगमा रहेको प्रि–रजिष्ट्रेसन सिस्टम मार्फत आवेदन गरी निर्वाचन कार्यालयमा जैविक विवरण फोटो तथा औँठा छाप दिएर सेवा लिन सकिने व्यवस्था गरिएको छ ।
कञ्चनपुरमा एक सय ३२ मतदातन स्थल रहेका छन् भने तीन सय ४६ मतदान केन्द्र रहेका छन् । मतदानस्थल र मतदान केन्द्र थप हुने सम्भावना भने नरहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराले बताए ।
“पुनरावलोकनका लागि समय अभाव भएको बताउदै उनले कृष्णपुर नगरपालिकाको वडा नंम्बर ५ र ८ मा रहेका दुईवटा मतदानस्थल सारिएको बताए ।
वडा नंम्बर ५ को नगरपालिका भवनमा रहेको मतदानस्थललाई कञ्चन बहुमुखी क्याम्पसमा र वडा नम्बअरं ८ को स्वास्थ्यचौकी भवनमा रहेको मतदानस्थललाई विणा माध्यमिक विद्यालयमा सारिएको उनले बताए ।
मतदानस्थल र केन्द्र सबैको पहुँचमा पुग्नेगरी राखिएको उनले बताए । सूचना अधिकारी महराले सबै मतदानस्थल र केन्द्र अपाङ्ग, महिला र ज्येष्ठ नागरिक मैत्री बनाइने बताएका छन ।


