कार्तिक ३० डडेल्धुरा । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन ।
शनिबार राती १० बजेतिर डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर–८ मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो भने ४ जना घाईते भएका हुन ।
सोही वडाको गोदाम बजारबाट बाहिरीसैन तर्फ जादै गरेको भे १ त ७८५४ नम्बरको ट्याक्टर सडकबाट करिब ५ मिटर तल खसेको बताइएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका आलिताल गाउँपालीका वडा नम्बर–५ बाहिरीसैनका २७ वर्षीय भरत रावतलाई उपचारका लागि जोगबुढा अस्पताल पु–याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका हुन ।
ट्याक्टरमा चालकसहित पाँच जना सवार भएको जानकारी गराउदै प्रहरीले १९ वर्षीय पवन बि.क. र २५ वर्षीय तिलक चोखालको जोगबुढा अस्पतालमा उपचार भई रहेको जानकारी गराएको छ ।
२४ वर्षीय सन्तोष रोकालाई भने थप उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
दुर्घटना पछि ट्याक्टर चालक २७ वर्षीय योगेन्द्र घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।


