कार्तिक २८ डडेल्धुरा । डडेल्धुरामा एक जना युवकलाई बाल यौन दुव्र्यवहार मुद्धामा प्रहरीले पक्राउ गरेको छ ।
डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर–४ कटालका २२ वर्षिय प्रेमबहादुर बोहरालाई बाल यौन दुव्र्यवहार मुद्धामा प्रहरीले पक्राउ गरेको हो ।
अदालतले बोहरालाई बाल यौन दुव्र्यवहार प्रकरणमा ४ महिना १६ दिन कैद तथा ३० हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो ।
इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी टोलीले बोहरालाई बिहिबार उनकै घरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी सजाय कार्यान्वयन अघि बढाइने जनाएको छ ।
Post Views: 57


