कार्तिक २७ अछाम । जातीय छुवाछूत तथा भेदभाव मुद्दामा अदालतले सजाय तोकेका एक जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले रामारोशन गाउँपालिका वडा नम्बर–२ निवासी ३८ वर्षीय राम बहादुर रावललाई मंगलसैन नगरपालिका वड नम्बर–५ स्थित मंगलसैन बजारबाट पक्राउ गरेको हो
रावललाई उच्च अदालत दिपायल, डोटीले २०७८ साल माघ २५ गते तीन महिना कैद सजाय र ५० हजारजरिवाना तोकेको थियो ।
फैसला कार्यान्वयनको सिलसिलामा पक्राउ ग रिएका रावलमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी गराएको छ ।
Post Views: 19


