"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुरको मध्यवर्ती क्षेत्रमा तिन बर्ष पछि नदीजन्य पदार्थ उत्खनन गर्न पाईने

No data was found

Khabar Raftar

कार्तिक २७ कञ्चनपुर । कञ्चनपुरमा तीन वर्षपछि नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा र माटो उत्खनन गर्ने पाईने भएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तर्गतका छ वटा मध्यवर्ती क्षेत्रका नदी तथा खोलाबाट उत्खनन गर्दा निकुञ्जमा क्षति पुग्ने भन्दै २०७९ साल देखि उत्खननमा रोक लगाइएको भएपनि तीन वर्षपछि नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा र माटो उत्खनन गर्न पाईने भएको हो ।

स्थानीयको माग र सर्वोच्च अदालतको अन्तरिम आदेशपछि उत्खनन गर्न पाईने भएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीका अनुसार प्रतिबन्ध हटेसँगै उपभोक्ताका माग सङ्कलन गर्ने कार्य जारी रहेको छ ।

असोज ३१ गते बसेको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको बैठकले उपभोक्ताले घरायसी प्रयोजनका लागि नदीजन्य पदार्थ प्रयोग गर्न पाउने निर्णय गरेको थियो । कात्तिक १६ गते देखि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र सम्बन्धित नियमावली अन्तर्गत नियमानुसार राजस्व लिएर उत्खनन गर्न निर्देशन दिइएको छ ।

हाल छ वटा घाटबाट उत्खनन गर्न पाईने निर्णय गरिएको छ । दोधारा चाँदनी नगरपालिका स्थित हिमालय मध्यवर्ती उपभोक्ता समितिले महाकाली नदीका दुई वटा घाटबाट उत्खनन प्रक्रिया अघि बढाएको जानकारी गराएको छ ।

झलारीस्थित सुनदेवी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर विष्टले तीन वर्षदेखि उत्खनन रोकिँदा दोधाराका बस्तीहरू बाढी र डुबानको जोखिममा परेको बताए ।

सबै प्रक्रिया पूरा गरेर उपभोक्ताले आवश्यक नदीजन्य पदार्थ उत्खनन गर्न पाउने उनले बताए । निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार, शुक्लाफाँटा मध्यवर्ती क्षेत्र अन्तर्गतका छ वटा घाटबाट करिब एक लाख २८ हजार ६ सय घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्न सकिने छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान