"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह प्रदेशका जिल्लाहरुको भ्रमणमा

No data was found

Khabar Raftar

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह प्रदेशका जिल्लाहरुको भ्रमणमा रहेका छन । मुख्यमन्त्री शाह कात्तिक २१ गते देखि प्रदेशका जिल्लाहरुको भ्रमणमा रहेका हुन । मुख्यमन्त्री शाहले प्रदेशका पाँच वटा जिल्लाको भ्रमण सकिसकेका छन् ।

शाहले डडेल्धुरा, बैतडी, दार्चुला, डोटी र अछाम जिल्लाको भ्रमण गरी सकेका   छन । मुख्य मन्त्री शाहको बझाङ र बाजुरा समेत पुग्ने योजना रहे पनि समय अभावका कारण तत्काल सम्भव नहुने देखिएकाले ती जिल्लामा पनि चाँडै पुग्ने तयारी भइरहेको उनले बताएका छन् ।

मुख्यमन्त्री शाहले आफ्नो भ्रमणलाई कार्यालय बीचको सहकार्य, ऐन–कानुनमा देखिएका समस्या, योजना कार्यान्वयनको अवस्था र शान्ति–सुरक्षाको समग्र मूल्याङ्कनमा केन्द्रित गरेको बताएका छन ।

जेनजी आन्दोलन पछि संविधान र संघीय संरचनामाथि प्रश्न उठ्न थालेको बताउदै उनले यस्तो बेला सबै तहका प्रतिनिधि र नागरिकसँग प्रत्यक्ष संवाद आवश्यक भएकाले भ्रमणमा निस्किएको बताए । भ्रमणका क्रममा शाहले संघ, प्रदेश र स्थानीय तहबीच समन्वयको कमी रहेको निष्कर्ष निकालेका छन् ।

विभिन्न जिल्लामा भएका अन्तरक्रियाबाट प्राप्त सुझावलाई संकलन गरी समस्या समाधानका उपाय प्रदेश सरकारले अघि सार्ने उनले बताएका छन । विकास निर्माण र सुशासनका विषयमा शाहले मातहतका निकायहरूलाई कडा निर्देशन दिएको बताए ।

योजना कार्यान्वयनमा देखिएको बेथितिलाई रोक्न उनले स्पष्ट कार्यतालिका बनाएर अघि बढ्न निर्देशन दिएको बताए । विकासमा देखिएको भ्रष्टाचारको जड मानिने उपभोक्ता समितिको अवधारणालाई निरुत्साहित गर्ने नीति प्रदेश सरकारले लिएको पनि उनले बताए ।

भ्रमणका क्रममा शाहले राजनीतिक सन्देशहरू पनि दिएका छन् । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधान मन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा उनले देउवालाई “देशलाई पाँच पटक नेतृत्व गर्ने व्यक्तित्व” भन्दै “यो भूमि पवित्र छ” भन्ने अभिव्यक्ति दिएका थिए ।

उनले देउवाको योगदानलाई स्मरण गर्दै जनताको अधिकारका लागि देउवाले सधैँ संघर्ष गरेको बताए । कहिल्यै विचलित नभएको बताउदै उनले सभापति देउवा र नेतृ आरजु राणा देउवालाई सिद्ध्याउने दिवास्वप्न देख्नेहरू विगतमा पनि सफल नभएको र भविष्यमा पनि हुन नसक्ने बताए ।

भ्रमणका क्रममा शाहले पार्टी भित्रको विवादबारे पनि धारणा राखेका छन । डोटीमा आयोजित कार्यक्रममा उनले कांग्रेस भित्र संवाद र सहमतिबाट समस्या समाधान खोज्नुपर्ने बताएका थिए ।

पार्टी भित्र उत्पन्न अन्तरविरोध मिलाउन महासमिति बैठक अविलम्ब बोलाइनुपर्ने बताउदै उनले सीमित व्यक्तिहरू नेतृत्व कब्जा गर्न विशेष महाधिवेशनको पक्षमा रहेको बताएका छन । यसले पार्टीलाई दीर्घकालीन रूपमा फाइदा नहुने पनि उनले बताएका छन ।

झन्डै एक साता लामो प्रदेश भ्रमणका क्रममा मुख्यमन्त्री शाहले सुदूरपश्चिमका जनप्रतिनिधि र नागरिकसँग प्रत्यक्ष संवाद गर्दै विकास, सुशासन, राजनीतिक स्थायित्व र पार्टी एकता सम्बन्धी छलफल गरेको बताइएको छ ।

प्रदेशका जिल्ला सदरमुकाम पुगेर स्थानीय तहका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुखहरू, कर्मचारी तथा सर्वसाधारणसँग मुख्य मन्त्री शाहले छलफल र अन्तरक्रिया गरेको बताईएको छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान