"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

घोडाघोडीमा लवाङ्गी पूजा महोत्सव गरिने

No data was found

Khabar Raftar

कार्तिक २६ धनगढी । हरेक वर्ष सीता विवाह पञ्चमी तिथिमा गरिने थारू समुदायको परम्परागत लवाङ्गी पूजा यस वर्ष मङ्सीर ९ गते धुमधामका साथ गरिने भएको छ । पश्चिम तराईका थारू समुदायको सबैभन्दा ठुलो देउथल घोरीघोरा मन्दिरमा लवाङ्गी पूजा मङ्सीर ९ गते धुमधामका साथ गरिने भएको हो ।

पूजाका अवसरमा तीन दिन सम्म थारू सांस्कृतिक महोत्सव समेत आयोजना गरिने भएको छ । घोरीघोरा नगर भलमन्सा कार्य समिति, सन्त समागम समाज र घोडाघोडी तथा संस्कृति संरक्षण समाजको संयुक्त आयोजनामा पूजा तथा सांस्कृतिक महोत्सव हुने भएको हो ।

कार्यक्रमलाई भव्यरूपमा सपन्न गर्न १७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितीका संयोजक एवम् नगर भलमन्सा कार्य समितिका अध्यक्ष बुधराम चौधरीले थारू समुदायले पराम्परागत रूपमा मान्दै आएको लवाङ्गी पूजामा सबै जना सहभागी हुने भएकाले पूजा व्यवस्थापनका लागि तयारीमा जुटेको बताए ।

उनले थारू समुदायको परम्परागत मौलिक संस्कृतीसँग लवाङ्गी पूजा जोडिएकाले यसको संरक्षण र प्रचार प्रसारका लागि सांस्कृतिक महोत्सव आयोजना गरिएको जानकारी गराए । धेरै वर्ष देखि पर्यटकीय तथा धार्मिक क्षेत्र घोडाघोडीमा लवाङ्गी पूजा भव्यरूपमा गर्दै आएको बताउदै उनले यस वर्ष पनि पूजालाई व्यवस्थित बनाउन मुलसमिति बनाएर तयारीमा जुटेको बताए ।

कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ जिल्लाबाट समेत लवाङ्गी पूजामा सहभागिता रहने उनले बताए । संयोजक चौधरीले यस पर्वले थारू समुदायको धार्मिक तथा सांस्कृतिक पहिचानलाई सुदृढ गर्न, युवापुस्तामा हस्तान्तरण गर्न र कला–संस्कृतिको संरक्षणमा सहयोग पुग्ने बताए ।

महोत्सवमा थारू समुदायको झाँकी, बर्कानाच, सखिया नाच, मुङ्ग्रहुवा नाच, कठघोरी नाच लगायतका नृत्य प्रस्तत गरिने बताउदै उनले थारु कलाकारको विशेष प्रस्तुति रहनुका साथै थारू समुदायको परम्परागत खानाका परिकारको प्रचार–प्रसारका साथै बजारीकरण गरिने बताए ।

सन्त समागम समाजका अध्यक्ष कप्तान चौधरीले पूजा कार्यक्रममा कैलालीका एक सय ७३ गाउँका भलमन्सा, गुरुवा र चिराकीहरूको सहभागिता रहने जानकारी गराए । थारू समुदायले पराम्परागत रूपमा नयाँ बाली घरमा भित्र्याइ सकेपछि पहिले देवतालाई चढाएर मात्र उपभोग गर्ने चलन रहेको उनले बताए ।

लवाङ्गीको अर्थ नयाँ रहेको र विशेषगरी नयाँ अन्न देउतालाई चढाएर मात्र खाने चलन भएकाले लवाङ्गी पूजा गर्ने चलन रहेको समाजका अध्यक्ष एवम् आयोजक समितिका सदस्य कप्तान चौधरीले बताए ।

घर–घर, गाउँ समाजमा व्यक्तिगत तथा सामूहिक रूपमा गरिने उक्त पूजा पछिल्लो दुई दशक यता घोडाघोडी मन्दिरमा भव्य रूपमा सांस्कृतिक महोत्सवको आयोजना गरी मनाउन थालिएको उनले बताए ।

थारू समुदायको संस्कृतिसँग जोडिएको लवाङ्गी पूजा कैलालीको घोडाघोडी मन्दिरमा भने थारू पहाडी दुवै समुदायले पूजा आजा गरी मनाउने गरेको उनले बताए । पश्चिम नेपालका थारू समुदायको ठुलो देवथलको रूपमा घोडाघोडी मन्दिरलाई लिने गरिएको उनले जानकारी गराए ।

कैलालीको घोडाघोडी नगरपालिकामा रहेको विश्व रामसार साईडमा सूचिकृत घोडाघोडी तालसँगै रहेको घोडाघोडी मन्दिरमा थारू र पहाडी समुदायले लवाङ्गी पूजा कार्यक्रममा सहभागी हुने गरेको उनले बताए । भाकल गरेकाहरूले लवाङ्गी पूजाकै दिन घोडाघोडी मन्दिरमा सुँगुर, कुखुरा, बोका, हाँसको बलि दिने चलन रहेको उनले बताए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान