कार्तिक १६ धनगढी । अछामको साँफेबगरमा आगलागी हुँदा ७ वटा टहरा जलेर नष्ट भएका छन ।
शनिबार राती भएको आगलागीबाट साँफे हाटबजारमा रहेका ७ वटा टहरा जलेर नष्ट भएका हुन । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले आगो डेढ घण्टामा नियन्त्रणमा आएको बताए ।
उनले नजिकै रहेको खोलाबाट कुलो बनाएर पानी ल्याइएको र स्थानीय समेतको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको बताए । साँफे हाटबजारमा यसअघि पनि भीषण आगलागी भएर १० वटा पसल जलेका थिए ।
Post Views: 37


