कार्तिक ०८ डडेल्धुरा । डोटीबाट डडेल्धुरा आउँदैगरेको जिप दुर्घटना हुँदा पाच जना घाईते भएका छन । शनिवार मध्याह्न १२ बजे भएको दुर्घटनामा परी पाँच जना यात्रु घाइते भएका हुन ।
डोटी– डडेल्धुरा जोड्ने केआईसिंह राजमार्ग अन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर–३ मछलीखोलामा लुम्बिनी प्रदेश ०१००१ च ३३०१ नम्बरको बलेरो जिप सडकमै पल्टिएर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले दुर्घटनामा परी जिपमा सवार डोटीको सायल गाउँपालिकाका पाँच जना घाइते भएको जानकारी गराए ।
दुर्घटनामा १७ वर्षीया लाली साउँद, १८ वर्षीया लक्ष्मी साउँद, १९ वर्षीया अपेक्षा साउँद, १९ वर्षका मदन साउँद र १६ वर्षका केशव साउँद घाईते भएको उनले जानकारी गराए ।
घाइते मध्ये चार जनाको अवस्था सामान्य रहेको जानकारी गराउदै उनले लाली साउँदको अवस्था मध्यम रहेको जानकारी गराए ।
घाइतेहरू सबैको प्रहरीले उद्धार गरी डडेल्धुरा अस्पताल लगिएको जानकारी गराउदै उनले चार जनाको उपचार पछि डिश्चार्ज भई सकेको र बाँकी एक जनाको पनि डिश्चार्ज हुने प्रमुख प्रहरी नायव उपरीक्षक सिंहले बताए ।
दुर्घटनाको कारण नखुलेको बताउदै उनले प्रहरीले अनुसन्धान गरीरहेको जानकारी गराए ।


