कार्तिक ०७ डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि, एक जना मात्रै कार्यरत रहेका छन । संघीय सरकार मातहतको डडेल्धुरा अस्पतालमा १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि, एक जना मात्रै कार्यरत रहेका हुन । चिकित्सक अभाव, बिग्रिएका उपकरण र कमजोर प्रशासनिक समन्वयका कारण अस्पतालले समस्या झेल्दै आएको बताइएको छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.नरेन्द्रकुमार खनालले दरबन्दी अनुसारको जनशक्ति अभावले अस्पतालले प्रभावकारी सेवा दिन नसकेको बताए । संघीय तहको अस्पतालका रूपमा चिनिएको अस्पतालले प्रदेशका ७ वटा पहाडी जिल्लाका बिरामीको उपचार गर्ने अस्पतालले बिरामीलाई ‘रेफर’ गर्नु पर्ने बाध्यता रहेको उनले बताए । अस्पतालमा चिकित्सक अभावका कारण बिरामीले गुणस्तरीय उपचार पाउन नसकेको उनले बताए ।
सुदूरपश्चिम प्रदेशकै रेफरल अस्पतालका रूपमा रहेको अस्पतालमा दरबन्दी अनुसार विशेषज्ञ चिकित्सक नहुँदा अस्पतालले सामान्य बिरामीलाई पनि रेफर गरिरहेको उनले बताए । सुदूरपश्चिमकै संघीय सरकार मातहत सञ्चालनमा रहेको अस्पतालमा दैनिक तीन सयको हाराहारीमा बिरामी ओपीडीमा आउने गरेको उनले जानकारी गराए ।
सामान्य स्वास्थ्य परीक्षणका लागि समेत बिरामी धनगढी लगायतका अस्पतालमा जान बाध्य भएको उनले बताए । अस्पतालमा १९जना विशेषज्ञ चिकित्सकको दरबन्दी भएको बताउदै उनले तीमध्ये १८ जना चिकित्सकको अभाव रहेको जानकारी गराए । हाल अस्पतालमा एक जना मात्रै विशेषज्ञ चिकित्सक कार्यरत भएको बताउदै उनले मेडिकल अधिकृत तहका चिकित्सक पनि पर्याप्त नभएको बताए । अस्पतालमा बिरामीले गुणस्तरीय उपचार सेवा पाउन नसकेको उनले जानकारी गराए ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.खनालले विशेषज्ञ चिकित्सकहरू नहुँदा सेवाग्राहीका गुनासो आउनु स्वाभाविक भएको बताए । अस्पतालमा दरबन्दी अनुसार चिकित्सक पदपूर्ति नहुँदा उपचार पाउन नसकेको अश्थामा अस्पतालले सामान्य बिरामीलाई पनि रेफर गर्नु परेकाले बिरामीलाई समस्या हुने गरेको उनले बताए । अस्पतालमा दरबन्दी धेरै भए पनि पदपूर्ति नभएकाले बालरोग, छाला तथा यौनरोग र नाक–कान–घाँटी रोग विशेषज्ञ नभएकाले सामान्य उपचारका केस बाहेक बिरामीलाई रेफर गर्नुपर्ने अवस्था रहेको उनले बताए ।
अस्पतालमा विशेषज्ञ र मेडिकल अधिकृत तहका चिकित्सक नहुँदा कतिपय बिरामी रेफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालका निमित्त मेसु खनालले बताए । चिकित्सक अभावकै कारण कतिपय बिरामीलाई अन्य अस्पतालमा पठाउनु परेको उनले बताए । अमरगढी नगरपालिका वडा नम्बर–१० का रामबहादुर सार्कीले आफ्ना ७० वर्षीय बुबालाई लडेर चोट लागेपछि तत्काल अस्पताल पु¥याएको बताउदै त्याहाँ उपचार नहुने भन्दै चिकित्सकले धनगढी लग्न सुझाव दिएको बताए ।
चाडपर्वका बेला विदेशबाट घर फर्किएका उनले रेफरल अस्पतालमा सामान्य उपचार पनि नहुँदा दुःख लागेको बताए । अस्पतालमा बिरामी भन्दा पनि समस्या धेरै भएको उनले बताए । आलिताल गाउँपालिका वडा नम्बर–२ की जानकी भट्टले खुट्टा दुख्ने समस्या कारण अस्पताल पुगेको बताउदै चिकित्सकले सामान्य औषधि दिएर घर पठाइ दिएको बताईन ।
गाउँका गरिब मान्छे धनगढी जान नसकने भएकाले अस्पताल आएको बताउदै उनले अस्पतालले उल्टै धनगढी जान सल्लाह दिएको बताईन । त्यसैगरी अस्पतालको एक्स–रे मेसिन पटक–पटक बिग्रिँदा बिरामीले सास्ती खेप्नुपरेको बताईएको छ । दैनिक सयौं बिरामी आउने डडेल्धुरा अस्पतालमा सामान्य स्वास्थ्य परीक्षण गर्न पनि कठिनाइ हुने गरेको ।
डा. खनालले पुरानो मेसिन बारम्बार बिग्रिँदा सेवामा असर पर्ने गरेको बताए । उनले मर्मतका लागि दक्ष प्राविधिक डडेल्धुरामा नभएकाले धनगढी वा काठमाडौंबाट बोलाउनु पर्ने हुँदा कहिलेकाहीँ सेवा अवरुद्ध हुने बताए । उनले केही उपकरण बिग्रिँदा सेवा अवरुद्ध हुने गरेको पनि सुनाए । बिग्रेका मेसिन मर्मत गर्नका लागि दक्ष प्राविधिकको अभावमा लामो समय सम्म सेवा अवरुद्ध हुने गरेको उनले बताए ।
एक्सरे गर्ने उपकरणमा पटक–पटक समस्या आइरहेका कारण सेवाग्राहीले दुःख भोगिरहेको बताउदै उनले अस्पतालले हाल नयाँ एक्स–रे मेसिन खरिद प्रक्रिया अगाडी बढाएको बताए । आगामी एक महिना भित्र सञ्चालनमा ल्याउने योजना बनाएको बताउदै डा. खनालले अहिले त्यही मेसिन प्रयोग गरेर सामान्य परीक्षण भइरहेको बताए ।
लामो समय निष्क्रिय रहेको सिटी स्क्यान मेसिन पनि अहिले सञ्चालनमा आएको उनले बताए । अघिल्लो वर्षसम्म रेडियोलोजिस्ट चिकित्सक नहुँदा सिटी स्क्यान गरेर रिपोर्ट चितवन पठाउनु पर्ने बाध्यता रहेको बताउदै उनले रिपोर्ट आउन हप्तौं लाग्ने हुँदा आपत्कालीन बिरामीको उपचारमा जोखिम बढ्ने समस्या रहँदै आएको सुनाए । अहिले रेडियोलोजिस्ट चिकित्सक उपलब्ध भएपछि सिटी स्क्यान सेवामा सुधार भएको उनले बताए ।
कहिलेकाहीँ प्राविधिक समस्या आउँदा सिटी स्क्यान सेवा अस्थायी रूपमा रोकिनु पर्ने अवस्था अझै रहेको उनले बताए । विगतमा रेडियोलोजिस्ट चिकित्सक नहुँदा सिटी स्क्यान गरेर रिपोर्टका लागि इमेल मार्फत चितवन पठाउनु पर्ने बाध्यता भएको बताउदै डा. खनालले जसका कारण रिपोर्ट आउन ढिला हुने गरेको बताए ।
अहिले रेडियोलोजिस्ट चिकित्सक उपलब्ध भएकाले सबै सेवा यहीँबाट दिइरहेको बताउदै डा. खनालले कहिलेकाहीँ प्राविधिक समस्याका कारण सेवा प्रभावमा समस्या हुने गरेको बताए । स्थानीयले अस्पताल व्यवस्थापन प्रति आलोचना गरिरहँदा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले अस्पताल प्रति नकारात्मक टिप्पणी मात्रै बढिरहेको बताए ।
गुनासो मात्रै गर्नुभन्दा अस्पतालबाट प्रदान भइरहेका सेवाबारे सबैले जानकारी लिनुपर्ने उनले बताए । अस्पतालमा स्थायी दरबन्दी १ सय ९ जना, अस्थायी ३ सय १३ जना र विकास समितिबाट ४५ जना रहेको बताउदै उनले विकास समिति बाहेक अन्य दरबन्दीमा ठूलो रिक्तता भएको बताए ।
सरकारी करारतर्फ १ सय ३३ जनाको दरबन्दी भए पनि केवल ४४ जना मात्र कार्यरत भएको उनले बताए । त्यसैगरी २१ जना कर्मचारी काजमा अन्यत्र गएको उनले बताए ।
डडेल्धुरा अस्पताल सुदूरपश्चिमका ७ वटा पहाडी जिल्लाका बिरामीको मुख्य गन्तव्य बनेको जानकारी गराउदै अध्यक्ष ओझाले डडेल्धुरा सहित बझाङ, बाजुरा, बैतडी, दार्चुला, अछाम र डोटीबाट बिरामी उपचारका लागि डडेल्धुरा अस्पतालमा आउने गरेको जानकारी गराए ।


