"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

उपन्यास जरत्कारू महिला अधिकारका सवालमा प्रेरक

No data was found

Khabar Raftar

गणेश नेपाली,असोज ३१ धनगढी । जरत्कारू साहित्यकार किरण आचार्यको उपन्यास कृति हो । हिन्दू धर्म भित्र लुकाइएका बाहिर ल्याउन नै नचाहेका विशिष्ट परिवेश र मान्यताहरूलाई पुनर्लेखन गर्नुभएको भन्ने लाग्छ । यो नारी प्रधान उपन्यास हो । यसले मानवतावादको पक्षपोषण गर्दछ । नारी उत्पिडन विरूद्ध बौद्धिक प्रहार हो यो उपन्यास ।

यस उपन्यासकी मूख्य पात्र विदुषी जरत्कारू हुन । उपन्यासमा उनको संघर्ष , त्याग, विद्रोह, अठोटलाई जिवन्त वर्णन गरिएको छ । उपन्यास पढ्दै गर्दा चलचित्र नै हेरिरहेको आभाष हुन्छ । कथावस्तुको समय मानव सभ्यताको प्रारम्भिक काल हो भने महाभारत कालिन पात्रहरूको पनि यस उपन्यासमा प्रवेश भएको छ । कुन्तिपुत्र अर्जुनका नाति परिक्षितको पनि भूमिका देखिएकोले उपन्यासको कथावस्तु महाभारत युद्ध पछि नै हो भन्ने स्पष्ट हुन्छ

। बहुपत्नी प्रथाका कारण दुःख पाएकी र पतिद्वारा पत्नीवत व्यवहारबाट विमुख भएकी रानी कद्रू पुत्री हुन जरत्कारू । पति राजा भएपनि नाम मात्र कि रानी कद्रूका पतिको पतिद्वारा उपेक्षाभाव बुझेकी जरत्कारू अनेक शर्त स्वीकारेर भएपनि यायावर वंशीय ऋषि जरात्कारूसँग विवाह गर्छिन् ।

विवाह पश्चात गर्भिणी पत्नीसँग सन्तान जन्मनु भन्दा पहिले आफू यायावर वंशीय भएका कारण पत्नी त्याग गर्न चहाने अहंकारी पति ऋषि जरत्कारूलाई परित्याग गर्छिन, विदुषी राजकुमारी जरात्कारू । त्यसपछी पुत्रलाई जन्म दिएपछी पाँच बर्ष पश्चात् छोरो आस्तिकलाई गुरुकुल पठाउछिन ।

पतिको विछोडलाई पुत्रवति भएपछी बिर्सिएकी विदुषी जरात्कारू पुत्रलाई पाँच बर्ष पश्चात गुरुकुल पठाएपछि पुत्र वियोगले छटपटाउदिनन् मात्र जीवन देखि नै पराजित भएको महशुस गर्छिन । कद्रुले ब्रह्माको आह्वान गरेपछी, ब्रह्माले आफ्नी परपौत्री जरत्कारूलाई समझाई बुझाई गरेपछी पृथ्वीलोक कै भ्रमण गराउछन ।

भगवान कृष्णको तपस्या गर्छिन । साक्षात कृष्ण खुशी भएर उनले मगेको वरदान देखि अचम्म पर्छन । तिमी मनसादेवी का रूपमा कन्या कुमारी भै लोक पुज्य हुनेछ्यौँ । अरुले अमर हुन या शक्तिशाली हुन वर माग्छन तर जरत्कारूले लोक कल्याणमा समर्पित हुने वरदान मागेको देख्दा ।

अनेक दुःख कष्ट सहेर कैलाश यात्रा गर्छिन र शिवपार्वतिको आशिवादले पृथ्वीलोकमा आएर जगलमा गुजरबसर गरिरहेका आदिबासीलाई पढाउने र कृषि लगायत सीप सिकाएर फेरि अर्को आवश्यकता भएको ठाउमा समाजसेवा शैक्षिक अध्यापन निरन्तर गरिरहन्छिन ।

उपन्यासमा विदुषी पत्नी जरत्कारूको पतिसँग, भगवान व्रह्मासंग, दाजु वासुकीसंग र माता कद्रू संगको सम्वादहरू पठनीय त छदैछन् । ती सम्वादहरू आज पनि त्यति नै सान्दर्भिक छ्न् । अहिले देशमा चलिरहेको महिला आन्दोलनलाई बिदेशीको इशारामा भैरहेको भन्नेहरूले पौराणिक कथा बस्तुमा उनिएको उपन्यास पढ्दा थाहा हुन्छ । हिन्दूधर्म भित्र महिला अधिकार त्यतिबेलै खोजिएको पाइन्छ ।

त्यतिवेला गुरुकुलमा गुरु पुरुष मात्रै हुन्थे । त्यतिवेलाको पौराणिक समाजमा शिक्षकको भूमिका रहिन जरत्कारू । उपन्यासको कथावस्तु मिथकिय भएपनि अधिकार, राजनीति, शिक्षा, जागरण, आर्थिक, सामाजिक विषयवस्तु भने वर्तमानको लागि प्रेरक छन् र झन सान्दर्भिक छन् ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान