गणेश नेपाली,असोज ३१ धनगढी । जरत्कारू साहित्यकार किरण आचार्यको उपन्यास कृति हो । हिन्दू धर्म भित्र लुकाइएका बाहिर ल्याउन नै नचाहेका विशिष्ट परिवेश र मान्यताहरूलाई पुनर्लेखन गर्नुभएको भन्ने लाग्छ । यो नारी प्रधान उपन्यास हो । यसले मानवतावादको पक्षपोषण गर्दछ । नारी उत्पिडन विरूद्ध बौद्धिक प्रहार हो यो उपन्यास ।
यस उपन्यासकी मूख्य पात्र विदुषी जरत्कारू हुन । उपन्यासमा उनको संघर्ष , त्याग, विद्रोह, अठोटलाई जिवन्त वर्णन गरिएको छ । उपन्यास पढ्दै गर्दा चलचित्र नै हेरिरहेको आभाष हुन्छ । कथावस्तुको समय मानव सभ्यताको प्रारम्भिक काल हो भने महाभारत कालिन पात्रहरूको पनि यस उपन्यासमा प्रवेश भएको छ । कुन्तिपुत्र अर्जुनका नाति परिक्षितको पनि भूमिका देखिएकोले उपन्यासको कथावस्तु महाभारत युद्ध पछि नै हो भन्ने स्पष्ट हुन्छ
। बहुपत्नी प्रथाका कारण दुःख पाएकी र पतिद्वारा पत्नीवत व्यवहारबाट विमुख भएकी रानी कद्रू पुत्री हुन जरत्कारू । पति राजा भएपनि नाम मात्र कि रानी कद्रूका पतिको पतिद्वारा उपेक्षाभाव बुझेकी जरत्कारू अनेक शर्त स्वीकारेर भएपनि यायावर वंशीय ऋषि जरात्कारूसँग विवाह गर्छिन् ।
विवाह पश्चात गर्भिणी पत्नीसँग सन्तान जन्मनु भन्दा पहिले आफू यायावर वंशीय भएका कारण पत्नी त्याग गर्न चहाने अहंकारी पति ऋषि जरत्कारूलाई परित्याग गर्छिन, विदुषी राजकुमारी जरात्कारू । त्यसपछी पुत्रलाई जन्म दिएपछी पाँच बर्ष पश्चात् छोरो आस्तिकलाई गुरुकुल पठाउछिन ।
पतिको विछोडलाई पुत्रवति भएपछी बिर्सिएकी विदुषी जरात्कारू पुत्रलाई पाँच बर्ष पश्चात गुरुकुल पठाएपछि पुत्र वियोगले छटपटाउदिनन् मात्र जीवन देखि नै पराजित भएको महशुस गर्छिन । कद्रुले ब्रह्माको आह्वान गरेपछी, ब्रह्माले आफ्नी परपौत्री जरत्कारूलाई समझाई बुझाई गरेपछी पृथ्वीलोक कै भ्रमण गराउछन ।
भगवान कृष्णको तपस्या गर्छिन । साक्षात कृष्ण खुशी भएर उनले मगेको वरदान देखि अचम्म पर्छन । तिमी मनसादेवी का रूपमा कन्या कुमारी भै लोक पुज्य हुनेछ्यौँ । अरुले अमर हुन या शक्तिशाली हुन वर माग्छन तर जरत्कारूले लोक कल्याणमा समर्पित हुने वरदान मागेको देख्दा ।
अनेक दुःख कष्ट सहेर कैलाश यात्रा गर्छिन र शिवपार्वतिको आशिवादले पृथ्वीलोकमा आएर जगलमा गुजरबसर गरिरहेका आदिबासीलाई पढाउने र कृषि लगायत सीप सिकाएर फेरि अर्को आवश्यकता भएको ठाउमा समाजसेवा शैक्षिक अध्यापन निरन्तर गरिरहन्छिन ।
उपन्यासमा विदुषी पत्नी जरत्कारूको पतिसँग, भगवान व्रह्मासंग, दाजु वासुकीसंग र माता कद्रू संगको सम्वादहरू पठनीय त छदैछन् । ती सम्वादहरू आज पनि त्यति नै सान्दर्भिक छ्न् । अहिले देशमा चलिरहेको महिला आन्दोलनलाई बिदेशीको इशारामा भैरहेको भन्नेहरूले पौराणिक कथा बस्तुमा उनिएको उपन्यास पढ्दा थाहा हुन्छ । हिन्दूधर्म भित्र महिला अधिकार त्यतिबेलै खोजिएको पाइन्छ ।
त्यतिवेला गुरुकुलमा गुरु पुरुष मात्रै हुन्थे । त्यतिवेलाको पौराणिक समाजमा शिक्षकको भूमिका रहिन जरत्कारू । उपन्यासको कथावस्तु मिथकिय भएपनि अधिकार, राजनीति, शिक्षा, जागरण, आर्थिक, सामाजिक विषयवस्तु भने वर्तमानको लागि प्रेरक छन् र झन सान्दर्भिक छन् ।


