"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलाली जनपुस्तकालयका चार जना सदस्यद्वारा राजीनामा

No data was found

Khabar Raftar

असोज २४ धनगढी । कैलाली जनपुस्तकालयका चार जना सदस्यले राजीनामा दिएका छन् । भदौ २८ गते भएको निर्वाचनमा निर्वाचित भएका चार जनाले चुनाव भएको एक महिना नपुग्दै राजीनामा दिएका हुन् ।

कार्यसमिति सदस्य पदमा निर्वाचित जयराज जोशी, शेरसिंह खड्का, टिआर पाठक र सुशीला भट्टले राजीनामा दिएका हुन् । चारै जनाले असोज २२ गते राजीनामा लेखेर बुझाएको जयराज जोशीले बताए ।

भदौ २८ गते भएको निर्वाचनमा अध्यक्षमा दुई जना उम्मेदवार तयार भएको बताउदै उनले अहिलेका अध्यक्ष शिवराज ओझालाई सर्वसम्मत बनाउन भूमिका खेले पनि आफूहरूलाई सदस्य पदको चुनावमा चारै जनालाई पराजीत गर्न अध्यक्ष ओझाले चलखेल गरेको जयराज जोशीले गुनासो गरेका छन् ।

अध्यक्ष ओझाको चलखेल असफल पार्दै बहुमतले आफूहरू विजयी भए पनि पदाधिकारी चयनमा ओझाले आफुसँग बहुमत रहेको भन्दै पेल्ने काम गरेको जोशीले बताए । शिवराज ओझालाई सर्वसम्मत अध्यक्ष हुन सहयोग गरेको बताउदै उनले उल्टै कार्यसमितिमा आउन नदिन चलखेल गरेको बताए ।

सदस्यहरूबाटै उपाध्यक्ष र सचिव लगायतका पदाधिकारी चयन गर्दा एकलौटी र मनोमानी गरेको जोशीले बताए । अध्यक्ष ओझाको धम्किपूर्ण व्यवहार र रबैया देखेर चार जनाले सामूहिक राजीनामा दिएका उनले बताए । चार जना सदस्यले आधा दर्जन आरोप लगाउँदै राजीनामा पत्र लेखेका छन् ।

उनीहरूले अध्यक्षले धम्किपूर्ण भाषामा निर्देशन दिएको, आजीवन सदस्यहरूलाई नीतिगत छलफलमा नबोलाएको, लेखापरीक्षण नगराएरै चुनावी साधारण सभा गराएको, निर्वाचन प्रक्रियामा आर्थिक अपारदर्शिता भएको, मुख्य निर्णय पुस्तिकामा नभइ अर्को पुस्तिका प्रयोग गर्ने गरेको र उपाध्यक्ष, कोषाध्यक्ष, सचिव र सह–सचिव मनोनयन गर्दा आफ्ना ’यस म्यानहरू’ लाई छनौट गरेको जयराज जोशी लगायत चार जना सदस्यले आरोप लगाएका छन ।

अध्यक्ष ओझाले आफुसँग बहुमत सदस्य भएको भन्दै मनपरी गर्न थालेकाले कार्यसमितिमा बस्न उपयुक्त नठानेर राजीनामा दिएको जोशीले बताए । नव निर्वाचित अध्यक्ष शिवराज ओझाले भने उनीहरुलाई आफूले खेद्नुपर्ने कुनै कारण नभएको बताएका छन ।

सर्वसम्मत पदाधिकारी चयन भएको र आफूले चलखेल नगरेको उनले बताएका   छन् । ओझाले निराधार आरोप लगाएर राजीनामा लेखेको सुनेको बताउदै पत्र भने हेर्न नपाएको बताएका छन् ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान