"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

थारू समुदायको मुङ्ग्रहवा नाच लोप हुने खतरा

No data was found

Khabar Raftar

असोज २३ धनगढी । थारू समुदायको मुङ्ग्रहवा नाच लोप हुने खतरा बढेको छ । लोपोन्मुख नाच संरक्षणको प्रयास राज्यस्तरबाटै नभए पछि थारू समुदायको मुङ्ग्रहवा नाच लोप हुने खतरा बढेको हो । विगतमा दशैँ, दीपावलीताका विभिन्न गाउँमा नाचिँदै आएको यो नाच पछिल्लो समय मुस्किलले देख्न पाइने गरेको छ ।

पहिले मुङ्ग्रहवा नाच गरेका पुस्ता अहिले बुढेसकालमा पुगिसकेका छन् । पिठ्युँपछाडि मयूरको प्वाँख बाँधी काठको मुङ्ग्रो लिएर देखाउने नाच नयाँ पुस्तामा पुस्तान्तरण हुन सकेको छैन । मुङ्ग्रहवा नाच संरक्षण प्रति राज्यको ध्यान नगएकाले यो नाच लोप हुने खतरा बढ्दै गएको कैलारी गाउँपालिका वडा नम्बर–६, खरुवाखेराका मुङ्ग्रहवा नाचका अगुवा मन्दरिया भागिराम चौधरीले बताए ।

संरक्षणका लागि आफ्नोतर्फबाट धेरै कोसिस गर्दै आएको बताउदै उनले राज्यले चासो नदिएका कारण निराश बन्नु परेको बताए । एकदिन यो नाच लोप हुने चिन्ता बढेको उनले बताए । कैलालीमा मुङ्ग्रहवा नाच खरुवाखेराको भागिरामको टिमले मात्रै नियमित रूपमा देखाउँदै आएको उनले बताए ।

चौधरी सहित उनँका सहपाठीले २०४२ साल देखि यो नाच देखाउँदै आएका भए पनि राज्यबाट हौसला थप्ने काम नभए पछि निराशा छाएको उनले बताए । मुङ्ग्रहवा नाच पुरुष र महिला दुवै मिलेर नाच्ने गरेको उनले बताए ।

पछाडि नाचिने महिलालाई द्रौपदी भन्ने गरिएको उनले बताए । विगतमा द्रौपदीको भूमिका पनि पुरुषले नै महिलाको वेशभूषा लगाएर निर्वाह गर्ने गरेको बताउदै उनले अचेल यो भूमिकामा महिला नै रहने गरेको बताए ।

कैलारी गाउँपालिका वडा नम्बर–६ का कुलराज चौधरीले थारू समुदायको आकर्षक नाच लोपको सँघारमा पुग्नु चिन्ताको विषय भएको बताए । यो नृत्य संरक्षणका लागि सबै जुर्मुराउन आवश्यक रहेको उनले बताए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान