असोज १९ धनगढी । आज पनि मान्यजनबाट टिका र जमरा लगाउने क्रम जारी रहेको छ । विजयादशमीका दिन देखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ ।
यस वर्ष असोज २० गते सोमबार कोजाग्रत पूर्णिमा अखिल बलि पूर्ति परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । नेपालीले आश्विन शुक्ल प्रतिपदा देखि आश्विन शुक्ल पूर्णिमा सम्मको १५ दिन बडा दसैँ पर्व भव्य रुपमा मनाउँछन् ।
नजिकको परिवारका सदस्य पनि काम विशेषले टाढा रहने भएकाले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका लगाउने गरिन्छ । असत्यमाथि सत्यको विजयको प्रतीकका रुपमा विजया दशमी मनाउन सुरु गरिएको शास्त्रीय मान्यता रहेको छ ।
Post Views: 313


