"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

डिभिजन वन कार्यालय बैतडीद्वारा ७५ हजार बिरुवा वितरण

No data was found

Khabar Raftar

अ सोज १८ बैतडी । डिभिजन वन कार्यालय बैतडीले वन विस्तार र वातावरण संरक्षणलाई मुख्य प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८१÷८२ मा ७५ हजार विरुवा वितरण गरेको   छ । प्रती विरुवा १० रुपैयाँ लागतका दरले ५० हजार एक वर्षे विरुवा र २५ रुपैयाँ लागतका दरले २५ हजार बहुवर्षीय विरुवा उत्पादन गरी डिभिजन वन कार्यालय बैतडीले ७५ हजार विरुवा वितरण गरेको हो ।

डिभिजन वन कार्यालयका अनुसार ११ लाख २५ हजार रुपैयाँ बराबरको सरकारी लगानीमा उत्पादन गरिएका विरुवा डिभिजन कार्यालय लगायत मातहतका कार्यालयबाट २५ हजार बहुवर्षीय र ५० हजार एकवर्षीय गरी ७५ हजार विरुवा स्थानीय तह र सामुदायिक वन समूहलाई निःशुल्क वितरण गरिएको हो ।

डिभिजन वन कार्यालय बैतडीले आफ्नै उत्पादनमा आर्थिक वर्ष २०८१÷८२ मा ७५ हजार विरुवा वितरण गरेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भक्त राज गिरिले जानकारी गराए । असार, साउन र भाद्र महिनामा वर्षा यामलाई लक्षित गर्दै २५ हजार बहुवर्षीय र ५० हजार एक वर्षे गरी कुल ७५ हजार विरुवा वितरण गरिएको उनले जानकारी गराए ।

जिल्लाभरी हरियाली वृद्धि गर्न, वातावरणीय सन्तुलन कायम गर्न तथा स्थानीय बासिन्दाको आय आर्जनमा टेवा पुग्ने अपेक्षा सहित विरुवा वितरण गरिएको उनले जानकारी गराए । विभिन्न स्थानीय तह, सामुदायिक वन उपभोक्ता समूह, शैक्षिक संस्था तथा सरोकारवाला निकायसँगको सहकार्यमा एक वर्षे र बहुवर्षे बिरुवा वितरण गरिएको उनले बताए ।

विगतका वर्षहरू जस्तै यस वर्ष पनि विशेष गरी वन जडिबुटी ,फलफूल, दाउरा र घाँसका लागि उपयुक्त जातका बिरुवाका साथै माटो संरक्षण र जैविक विविधता वृद्धिमा सहयोग पुग्ने प्रजातिका बिरुवाहरू वितरण गरेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख गिरिले जानकारी गराए ।

बढ्दो वातावरणीय प्रदूषण, वन फँडानी र जलवायु परिवर्तनको चुनौतीकाबीच बैतडीमा वितरण गरिएका विरुवाले वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको उनले बताए । मानव वस्ती विकाससंगै वन संरक्षण र व्यवस्थापनमा वृक्षरोपणलाई दिगो बनाउन स्थानीय समुदायको सक्रियता अपरिहार्य रहने बताउदै उनले बिरुवा लगाउने मात्र नभई यसको संरक्षणमा पनि जोड दिनु पर्ने आवश्यकता रहेको बताए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान