"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सस्तोमा सामान दिने साल्ट ट्रेडिङको अत्तरिया डिपोमा ग्राहक आएनन

No data was found

Khabar Raftar

असोज ०३ धनगढी । चाडपर्वलाई लक्षित गरी सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कार्पोरेशन लिमिटेडले कैलालीको अत्तरियामा सञ्चालन गरिएको सुपथ मूल्य पसलमा ग्राहक आएका छैनन । साल्ट ट्रेडिङले भदौ ३० गते देखि अत्तरियामा सुपथ मूल्य पसल सञ्चालन गरेको भए पनि ग्राहक भने नआएका हुन । बजार मूल्य भन्दा २ देखि ७ रुपैयाँ सम्म सस्तोमा सामान बिक्री गरिरहेको सुपथ मूल्य पसलमा ग्राहक भने आउन सकेका छैनन ।

अत्तरियामा सुपथ मूल्य पसल सञ्चालन गरेको ४ दिन बितिसक्दा पनि १५ जना मात्रै ग्राहक किनमेलका लागि पुगेको बताईएको छ । विगत ५ वर्ष देखि अत्तरीयामा सञ्चालनमा रहेको साल्ट ट्रेडिङको डिपोले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सँगको सहकार्यमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।

अत्तरियाको धनगढी रोडमा भाडाको घरमा सञ्चालनमा रहेको डिपोमा हाल ५ जना कर्मचारी कार्यरत रहेका छन् । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख तेज बहादुर कुँवरले ३० गते देखि मात्रै सुपथ मूल्य पसल सुरु गरिएकाले बिस्तारै ग्राहक बढ्दै जाने बताए । उनले छठ सम्म सुपथ मूल्य पसल सञ्चालनमा रहने बताए ।

चिनी बजार मूल्य भन्दा ५ र दाल चामल तेल लगायतका सामान बजार मूल्य भन्दा ७ रुपैयाँ सस्तो पाइने बताउदै उनले चिनीमा ५ रुपैयाँ छुट गरेर ९५ रुपैयाँ कायम गरिएको बताए । त्यसैगरी नुनमा पनि २ रुपैयाँ छुट गरेर २४ रुपैयाँ तोकिएको बताउदै उनले २५ केजीको जिरा मसिनो चामलमा २५ रुपैयाँ छुट गरेर २ हजार २५ रुपैया कायम गरिएको बताए ।

भुजा २ सय ग्रामको प्याकेटमा २ रुपैयाँ छुट गरेर २० रुपैयाँ, टाइचिन चिउरा १ केजीको प्याकेट १ सय १५ पर्ने गरेकोमा ७ रुपैयाँ छुट दिएर १ सय ८ रुपैया कायम गरिएको उनले बताए । सबै दालहरूमा ७÷७ रुपैयाँ छुट गरिएको बताउदै उनले छुट गरिएको मूल्य अनुसार मासको दाल १ सय ६०, मुसुरोको दाल १ सय ३५,अरहरको दाल १ सय ८५, मुङको दाल १ सय ८०, बोडी १ सय ६० र चना १ सय ३५ पर्ने जानकारी गराए ।

त्यसैगरी तेल र पिठोमा पनि प्रति लिटर, प्रति केजी ७ रुपैयाँ छुट गरिएको बताउदै कुवरले छुट मूल्य अनुसार सनफलावर तेल आधा लिटर १ सय २०, उत्सव तोरीको तेल आधा लिटर १ सय ३० र शान्ति तोरी तेल एक लिटरको ३ सय ५५ लिटर कायम गरिएको बताए । त्यसैगरी छुट मूल्य अनुसार मैदा २ केजीको १ सय ४०, सुजी ५ सय ग्रामको ५० रुपैया कायम गरिएको उनले बताए ।

चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय मार्फत भदौ ३० गते देखि सुदूरपश्चिममा ३६ वटा सुपथ मूल्य पसल सञ्चालन गरिएका छन । जसमा साल्ट ट्रेडिङ मार्फत ८ वटा र खाद्य मार्फत २८ वटा सञ्चालन गरिएका छन् ।

साल्ट ट्रेडिङले कैलालीको धनगढी, अत्तरिया र टीकापुर, कञ्चनपुरको महेन्द्रनगर र बेलौरी तथा डोटीको दिपायल, डडेल्धुराको सदरमुकाम तुफानडाँडा र बैतडीको पाटनमा सुपथ मूल्य पसल सञ्चालन गरेको छ ।

त्यसैगरी खाद्यले कैलालीको धनगढी, डडेल्धुराको खलंगा, बाजुराको मार्तडी, कोल्टी, धुलीचौर, बिच्छ्याँ, पाण्डुसैन, बझाङको सदरमुकाम, दौलिचौर, थलरा, भातेखोला र तलकोट तथा डोटीको जिल्ला सदरमुकाम र मौवामा सुपथ मूल्य पसल सञ्चालन गरेको छ ।

त्यसैगरी बैतडीको गोठालापानी, पुर्चाैडी हाट, रौलेश्वर, आम्चौर र दोगडाकेदार, दार्चुलाको सदरमुकाम, सुनसेरा, हिकिला र खण्डेश्वरी, कञ्चनपुरको महेन्द्रनगर, अछामको मंगलसेन, सैनाबजार, साँफेबगर र कमलबजारमा सुपथ मूल्य सञ्चालन गरिएको छ ।

सुपथ मूल्य पसलमा निश्चित कोटा अनुसार मात्रै सामान खरिद गर्न पाइने बताइएको छ । नुन प्रति व्यक्ति ५ केजी, चिनी ६ केजी सम्म मात्रै खरिद गर्न पाइने बताईउको छ । सरकारले आम उपभोक्ताको हितलाई ध्यानमा राखेर अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडपर्वको अवधिभर सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान