"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

हस्तकला सामग्री बनाउने सीपमा थारू समुदाय पोख्त

No data was found

Khabar Raftar

भदौ २५ धनगढी । थारू समुदाय परम्परागत रुपमा हस्तकला सीपले सामाग्री बनाउने विषयमा पोख्त देखिएका छन । पुर्खौँदेखि थारू समुदायले जोगाउँदै ल्याएका परम्परागत हस्तकला सिपले सामग्री बनाउने विषयमा उनीहरु पोख्त देखिएका हुन ।

बाँस, मूञ्ज, घाँस, सनपाट, माटो लगायत स्थानीय कच्चा पदार्थबाट उत्पादन हुने हस्तकलाद्वारा निर्माीत सामग्री ग्रामीण जीवनशैलीसँग दैनिक रूपमा जोडिएका छन् । थारू समुदायले आज पनि डेल्वा, ढक्या, पनछोपनी, छिटुवा, छतरी, पङ्ख, सुप्पा, मच्या, खन्ध्री, भौँका, गाग्री, करुवा, सुराही, गुन्द्री, मौनी, डोरी, सिकहर लगायत सामग्री प्रयोगमा ल्याउने गरेका छन ।

यी मौलिक सामग्री उत्पादन गर्ने सीप पुस्तान्तर भए पनि व्यावसायिक ज्ञान, लगानी र बजार पहुँचको अभावमा लोप हुँदै गएको समुदायका अगुवा नरेन्द्रप्रसाद चौधरीले बताए । “परम्परागत सीपलाई उत्पादन र बजारसँग जोड्न सके हजारौँ परिवारलाई रोजगारी दिन सकिने उनले बताए ।

व्यावसायिक सोच र अनुभव नहुँदा सम्भावनामा मात्र सीमित भएको बताउदै उनले अहिले केही थारू युवायुवती मौलिक सामग्री बनाउने व्यवसायतर्फ आकर्षित हुन थालेको बताए । हस्तकलाको व्यवसायीकरणतर्फ उनीहरुको चासो न्यून भएको बताउदै उनले निर्मित सामग्री बजारसम्म पुर्याउन नसक्दा पुस्तान्तरण हुँदै आएको सीप घरभित्रै सीमित बनेको बताए ।

शुक्लाफाँटा नगरपालिकाका उद्योग शाखा प्रमुख धनबहादुर चौधरीले परम्परागत हस्तकलाबाट बनेका वस्तुहरू बजारको माग अनुसार परिमार्जन गर्न सके आकर्षक आयआर्जनको स्रोत बन्न सक्ने बताए । थारू महिला मध्ये आधकांश परम्परागत चोल्या, लेहङ्गा र अन्य कपडा बनाउन सिपालु भएको बताउदै उनले आधुनिक डिजाइन र आकर्षक बुट्टा राखेर बनाउन सके बजार खोज्नै नपर्ने बताए ।

चलचित्र छायाङ्कन, साङ्गीतिक कार्यक्रम र नृत्यका लागि मौलिक वेशभूषा तथा सजावटी सामग्रीको माग बढ्दो क्रम्मा रहेको बताउदै उनले यसैलाई ध्यानमा राखी उत्पादनमा आधुनिकता थपेमा स्थानीय मात्र नभई अन्तरराष्ट्रिय बजारसम्म पनि लैजान सकिने सम्भावना रहेको बताए । स्थानीयस्तरमा कच्चा पदार्थ पाइनुका साथै श्रमिक सहज रूपमा पाइने भएकाले न्यून लागतमा उत्पादन गर्न सकिने लक्ष्मण चौधरीले बताए ।

थारु समुदाय तराईमा बसोबास गर्ने भएकाले यसरी उत्पादन भएका हस्तकलाका वस्तुहरु सडक र यातायात मार्फत बजारसम्म पुर्याउन सहज भएको उनले बताए । यसलाई अवसरका रूपमा उपयोग गर्ने हो भने हस्तकलालाई उद्योगस्तरमा लैजान सकिने बताउदै चौधरीले गाउँमा सुप्पा, गुन्द्री, छतरी अझै बनाइने गरिएको बताए ।

बजारसम्म पु¥याउने सीप र लगानी नभएकाले कला ओझेलमा परेका उनले बताए । सरकारले तालिम र बजारको पहुँच पुर्याइदिने हो भने यसैबाट आम्दानी लिन सकिने उनले बताए । बजारको माग अनुसार नयाँ डिजाइन बनाउन तालिम चाहिने बताउदै उनले “अहिले विदेशी बजारमा पनि नेपाली परम्परागत हस्तकलाको माग बढेको बताए ।

त्यसैगरी युवा व्यवसायी जानकी चौधरीले परम्परागत ढाँचाका कपडा, गहना र सजावटी सामग्रीको माग बढ्दो क्रम्मा रहेको बताउदै यसलाई अन्तरराष्ट्रिय बजारसम्म लैजान सके आम्दानी गर्ने प्रशस्त सम्भवना देखिएको बताईन ।

त्ष्सैगरी सोभा खुनाले मौलिक संस्कृतिसँग जोडिएका वस्तुलाई प्राथमिकता दिने प्रवृत्ति बढिरहेको बताउदै यसले आर्थिक मात्र होइन, सांस्कृतिक पहिचानको संरक्षणमा समेत योगदान दिने बताईन ।

थारू हस्तकलालाई प्रतिस्पर्धी बनाउन साना उद्यम, सहकारी संस्था र स्थानीय सरकार बिचको समन्वय अपरिहार्य रहेको उनले बताईन । बजारमुखी तालिम, लगानी, बजार व्यवस्थापन र निर्यात प्रवर्धन नीति ल्याउन सकिने हो भने थारू समुदायको हस्तकलाले राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिन सक्ने उनले बताईन ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान