भदौ १० धनगढी । गौरा पर्वको अवसरमा भाद्र १६ गतेदेखी धनगढीको खुला मञ्चमा सुदूरपश्चिम गौरा महोत्सवको १० औं संस्करण सुरु हुने भएको छ ।
डेउडा प्रतिष्ठानको आयोजनामा हरेक बर्ष हुने यो महोत्सव यस वर्ष पनि १०औं सुदूरपश्चिम गौरा महोत्सव २०८२ सञ्चालन हुने भयको हो । डेउडा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सुरत बहादुर रावत डोटेली कान्छाले यहि भाद्र १६ गते देखि १० औ गौरा महोत्सब सुरु हुने जानकारी गराय । धनगढीको खुला मञ्चमा ३ दिनसम्म सञ्चालन हुने सुदूरपश्चिम गौरा महोत्सवमा,विभिन्न समुदायका झाँकी, चर्चित डेउडा गायक गायिकाको डेउडा दोहोरी संगै विद्यालय स्तरीय डेउडा प्रस्तुति रहने अध्यक्ष रावतले जानकारी गराय ।
काली – कर्णालीको पहिचानको रुपमा रहेको डेउडालाई देशबिदेशमा प्रचारप्रसार संगै यस क्षेत्रको पर्यटन प्रबर्द्धन र भाषा, कला, साहित्य, संस्कृति, भेषभुषा रहनसहनको प्रचार प्रसार एवम् युवा पुस्तालाई लोक संस्कृतिको जगेर्नामा उत्साहित गर्नुका साथै पुस्तान्तरण गर्ने उद्देश्यले हरेक वर्ष गौरा पर्व २०८२ को अवसर पारी आयोजना हुने सुदूरपश्चिम गौरा महोत्सवमा कुनैपनी शुल्क नराखिएको आयोजकले जनाएको छ ।


