भदौ १० अछाम । अछामको चौरपाटी गाउँपालिका वडा नम्बर– १ सिरफाली सडक सञ्जालसंग जोडिएको छ ।
पालिकाकै विकट क्षेत्रका रुपमा रहेको सिरफाली पहिलो पटक सडक सञ्जालसँग जोडिएको हो ।
निर्माणाधीन सेती राजमार्गबाट सिरफाली स्थित सरस्वती आधारभुत विद्यालय सम्म सडक पुगेको गाउँपालिका अध्यक्ष भीम बहादुर साउँदले बताए ।
उनले उक्त क्षेत्रमा सडक पु–याउन गाउँपालिकासँगको समन्वयमा सेती राजमार्ग कार्यालयले सहयोग गरेको बताए । अध्यक्ष साउँदले अझै करिब ५ किलोमिटर सडक बनाउन बाँकी रहेको बताए ।
भौगोलिक बिकटता तथा कडा चट्टानका कारण सडक पु¥याउन समस्या भईरहेको उनले बताए ।
चालु आर्थिक बर्षमा सुदूरपश्चिम प्रदेश सरकारबाट २५ लाख बिनियोजन भएको बताउदै उनले अपुग भए गाउँपालिकाले सहयोग गर्ने गरी चालु आर्थिक वर्ष भित्रै उक्त क्षेत्रमा सडक पु–याईने बताए ।
Post Views: 132


