"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

परम्परागत पञ्चेबाजा लोप हुने अवस्थामा

No data was found

Khabar Raftar

साउन २५ बाजुरा । सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा प्रचलित मौलिक पञ्चेबाजा लोप हुने अवस्थामा पुगेको छ । पछिल्लो समय पश्चिमा संस्कृति भित्रिएसँगै परम्परागत रुपमा प्रचलित मौलिक पञ्चेबाजा लोप हुने अवस्थामा पुगेको हो ।

विवाह, ब्रतबन्ध लगायतका विभिन्न शुभकार्यहरुमा प्रयोग हुने पञ्चेबाजा पछिल्लो समय डिजे, ब्याण्ड लगायतका आधुनिक बाजाहरुको बढ्दो प्रयोगले लोप हुने अवस्थामा पुगेको हो । बाजुराको बडिमालिका गाउँपालिका वडा नम्बर–५ का पञ्चेबाजा वादक जङ्ग नेपालीले पश्चिमी संस्कृति प्रतिको बढ्दो आकर्षणले परम्परागत पञ्चेबाजा लोप हुने अवस्थामा पुगेको बताए ।

करिब ३० वर्षदेखि पञ्चेबाजा बजाउँदै आएका बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर–९ का धर्म नेपालीले पञ्चेबाजा बजाएर घरखर्च चलाउन समेत गाह्रो हुने अवस्था आए पछि बादकहरुको मोह घट्दै गएको बताए । उनले पहिले पञ्चेबाजा बजाएरै घर खर्च चल्ने भए पनि अहिले त्यस्तो अवस्था नहरेको बताए ।

त्यसैगरी युवा पुस्ताले यस पेशाप्रति चासो नदेखाउनु र यसैबाट जीविका चलाउन सकिने अवस्था नरहेकाले पञ्चेबाजा पछिल्लो समय सङ्कटमा पर्न थालेपछि स्थानीय सरकारले चासो देखाउन थालेका छन । संरक्षण अभावमा लोप हुन लागेको पञ्चेबाजालाई संरक्षण गर्न पछिल्लो समय बाजुराका २ वटा स्थानिय तह सक्रिय रुपमा लागेका छन ।

त्रिवेणी नगरपालिका र जगन्नाथ गाउँपालिकाले पछिल्लो समय पञ्चेबाजा संरक्षणका लागि विभिन्न कार्यक्रमहरु गर्न थालेका छन । दुवै पालिकाले परम्परागत रूपमा बाजा बजाउने पेशा अँगाल्दै आएका दमाईं, नेपाली, लगायत जातका स्थानीयलाई आवश्यक कार्यक्रम सहित संस्कृति झल्किने पहिरन वितरण गरेका छन् ।

जगन्नाथ गाउँपालिकाका अध्यक्ष काली बहादुर शाहीले पञ्चेबाजा ऐतिहासिक संस्कृति भएकाले यसको प्रवद्र्धनका लागि पालिकाले योजना निर्माण गरी कार्यान्वयन गरेको बताए ।

जगन्नाथमा मात्रै १ सय भन्दा बढी स्थानीय बाजा बजाउने दमाई लगायत जातिलाई संस्कृति झल्किने पहिरन वितरण गरि सकिएको उनले बताए । त्यसैगरी त्रिवेणी नगरपालिकाले पनि पञ्चेबाजा संरक्षणका लागि पहिरन वितरणसँगै विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको नगर प्रमुख कर्णबहादुर थापाले बताए ।

पालिकाले कार्यक्रम सञ्चालन गरेका गाउँमा सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिने पञ्चेबाजा जोगाउन अहिले युवाहरू अगाडि आएका
छन् ।

करिब डेढ दशक अघि बाजुराका गाउँ–गाउँमा विवाह, व्रतबन्ध जस्ता शुभ कार्यमा पञ्चेबाजा अनिवार्य जस्तै भए पनि पछिल्लो समय फाटफुट बाहेक बढीजसो आधुनिक बाजा बजाउने चलन बढेको पछि पञ्चेबाजा ओझेलमा पर्दै गएको हो ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान