साउन २४ बाजुरा । बाजुराको बडिमालिका धार्मिक मेलाको दर्शन गर्न गएका दई जनाको भीरबाट खसेर मृत्युु भएको छ ।
बिहिवार बडिमालिका मन्दिरबाट दर्शन गरेर फर्कने क्रममा लडेर तीर्थयात्री बिप्लब ओझा र डिल्लीराज घोडासैनीको भीरबाट खसेर मृत्युु भएको हो ।
काठमाडौँको गोकर्णेश्वर–५ ओझा र ठाकुरबाबा नगरपालिका वडा नम्बर– ४ का ७५ वर्षीय डिल्लीराज घोडासैनीको भीरबाट खसेर मृत्युु भएको प्रहरीले जानकारी गराएको हो ।
बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) इकवाल हवारीले बडिमालिकाबाट फर्किने क्रममा त्रिवेणी नगरपालिका वडा नम्बर–९ मा भीरबाट खसेर घोडासैनीको मृत्यु भएको बताए । उनका अनुसार घोडासैनी शव २५० मिटर तल भीरमा अड्किएको छ ।
बिहीबार बडिमालिका दर्शन गरेर फर्किरहेका काठमाडौं गोकर्णेश्वर–५ का ५२ वर्षीय विप्लव ओझाको शव शुक्रबार भीरबाट निकालिएको प्रहरीले जानकारी गराएको छ ।
पूर्व शिक्षा मन्त्री देवी प्रसाद ओझाका ५२ वर्षीय छोरा विप्लबको शव हेलिकप्टर मार्फत ल्याउने खोजिएको भएपनि मौसम प्रतिकुलताका कारण अझै सम्भव हुन नसकेको बताईएको छ ।


