साउन १८ अछाम । अछाममा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । अछामको ढकारी गाउँपालिका वडा नम्बर– ४ घर भई हाल कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर–१ बस्ने ४९ वर्षीय धर्म सिंह थापा शनिवार दिउँसो बाघको आक्रमणमा परि घाइते भएका हुन् ।
ससुराली दाउन्मोराबाट आफ्नो घर भिरमुड फर्किँदै गर्दा .थापालाई बसन्त सामुदायिक वन अन्तर्गतको बुकखोला डाँडामा दिउँसो करिब ३ बजे बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी गराएको हो ।
आक्रमणका क्रममा थापाको दुवै गाला, टाउको र बायाँ हातको पाखुरामा गहिरो चोट लागेको बताइएको छ ।
उपचारका लागि घाइते थापालाई जिल्ला अस्पताल मंगलसेन पु¥याइएको प्रहरीले जनाएको छ । थापा अचान उक्त क्षेत्रका स्थानीय बासी त्रसित बनेका छन् ।
Post Views: 137


