साउन ०२ बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाले गत आर्थिक बर्ष २०८१÷८२ मा ८९ प्रतिशत खर्च भएको जानकारी गराएको छ ।
गाउँपालिकाले गत आर्थिक बर्षको बजेट र खर्च विवरण सार्वजनिक गर्दैै गत आर्थिक बर्षमा ५२ करोड १३ लाख २० हजार ५ सय रुपैयाँ बजेट मध्ये ४६ करोड ४० लाख २१ हजार ५ सय १ रुपैयाँ अर्थात ८९ प्रतिशत खर्च भएको जानकारी गराएको हो ।
गाउँपालिकाले पूँजीगततर्फ १४ करोड ८ लाख ४० हजार बजेट मध्ये १२ करोड २८ लाख ७० हजार ५ सय ४० रुपैयाँ खर्च गरेको जानकारी गराएको छ ।
यो पूँजीगत तर्फको बजेटको ८७.२६ प्रतिशत रहेको गाउँपालिकाले जानकारी गराएको छ । त्यसैगरी गाउँपालिकाले चालुतर्फ ८९.६५ प्रतिशत बजेट खर्च भएको जानकारी गराएको छ ।
गाउँपालिकाले चालुतर्फको ३८ करोड ५ लाख १६ हजार ५ सय रुपैयाँ बजेट मध्ये ३४ करोड ११ लाख ५० हजार ९ सय ६१ रुपैयाँ खर्च भएको जानकारी गराएको छ ।
Post Views: 51


