"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दशवर्षको अवधिमा ८ जना महलिाको छाउगोठमा मृत्यु

No data was found

Khabar Raftar

साउन ०१ धनगढी । सुदूरपश्चिम प्रदेशमा १० वर्षको अवधिमा आठ जना महीलाको छाउगोठमा मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरीको तथ्याङ्क अनुसार १० वर्षको अवधिमा रजस्वला भएको समयमा घर बाहिर छाउगोेठमा बसेका आठ जना महिला तथा किशोरीहरूको मृत्यु भएको हो । कञ्चनपुरकी २८ वर्षीय कमला आउजीो सर्पको टोकाइबाट मृत्यु भएसँगै छाउगोठमा मृत्यु हुने महिलाको सङ्ख्या आठ पुगेको प्रहरीले जानकारी गराएको हो ।

महिनावारी भएपछि देवता रिसाउने डरले पक्की घर छाडेर कच्ची छाउगोठमा बसेकी उनको शुक्रवार राति विषालु सर्पले टोकेपछि मृत्यु भएको थियो । त्यसैगरी २०७५ पुस २४ गते बाजुरामा रजस्वला भएको समयमा आफ्ना दुई छोरा १२ वर्षीय सुरेश र नौ वर्षीय रमित सहित छाउगोठमा बसेकी ३५ वर्षीय अम्बा बोहराको गोठ जल्दा तीनै जनाको मृत्यु भएको थियो ।

बाअजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर–९, अगाउपानीका उनीहरूको एकै चिहान भएको थियो । सुदूरपश्चिम प्रदेशमा १० वर्षको अवधिमा एक जना बलात्कृत भएको र एक जना महिलालाई बाघले आक्रमण गरेको प्रदेश प्रहरी कार्यालय, धनगढीले जानकारी गराएको छ । अछाममा चार जना, बाजुरामा तीन जना र कञ्चनपुरमा एक जनाको छाउगोठमा ज्यान गएको प्रदेश प्रहरी कार्यालय, धनगढीले जानकारी गराएको हो ।

२०७६ साल कात्तिक १५ गते अछामको साँफेबगर नगरपालिका वडा नम्बर–३, डिग्रेनीकी २२ वर्षीय पार्वती बुढा रावतको गोठभित्र सर्पदंशका कारण ज्यान गएको थियो । त्यसैगरी २०७३ साल कात्तिक ५ गते तिमिल्सेनकी ४५ वर्षीय डम्मरा उपाध्यायको गोठभित्र निसासिएर ज्यान गएको प्रदेश प्रहरी कार्यालय, धनगढीले जानकारी गराएको छ ।

त्यसैगरी गाजराकी १५ वर्षीय रोशनी तिरुवाले २०७३ साल कात्तिक ५ गते र तुर्माखाँद गाउँपालिका वडा नम्बर–३ की २१ वर्षीय गौरी वयक बुढाको २०७४ पुस २७ गते निसासिएर गोठमा ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालय, धनगढीले जानकारी गराएको छ । त्यसैगरी प्रदेशमा २०७० सालभन्दा अगाडि पनि थुप्रै महिलाले छाउगोठमा अकालमै ज्यान गुमाएका छन् ।

त्यसैगरी घरभन्दा केही पर एक्लै गोठमा बस्ने कारणले उनीहरू गोठमै बलात्कारको सिकार पनि भइरहेका छन् । गत असार ४ गते अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर–२ की १६ वर्षीय किशोरीको छाउगोठमा बलात्कार भएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । त्यसैगरी गत माघ १४ गते कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर–७, कुइनेकी ४५ वर्षीय सरस्वती वन्यजन्तुको आक्रमणबाट घाइते भएकी थिईन ।

छाउगोठमा सुतिरहेको अवस्थामा उनलाई बाघले आक्रमण गरेको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । रजस्वला महिलाको प्राकृतिक र नियमित मासिक प्रक्रिया भए पनि रजस्वला भएपछि छुवाछूत र देवीदेवताको डर मान्ने कुसंस्कारका कारण छाउगोठमा महिलाले अकालमै ज्यान गुमाउने क्रम रोकिएको छैन ।

मुलुकी अपराध संहिता ऐन, २०७५ ले छाउपडी कुप्रथालाई बन्देज गरेपछि २०७६ मा सुदूरपश्चिम प्रदेशभरी प्रहरीले छाउगोठ भत्काउने अभियान थालेको थियो । प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशका ७ वटा जिल्लामा ७ हजार ५ सय ४५ वटा छाउगोठ भत्काईएको थियो । अभियानका क्रममा कञ्चनपुरमा मात्र २ सय ३० वटा छाउगोठ भत्काईएको थियो ।

सबैभन्दा धेरै अछाममा ५ हजार ८ सय १३ वटा छाउगोठ भत्काइएको प्रहरीको तथ्यांक छ । त्यसैगरी बाजुरामा ५ सय ५७, डोटीमा ३ सय ९३, कैलालीमा ३ सय ८६ र डडेल्धुरामा २३ वटा छाउगोठ भत्काइएको थियो ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १० मा भेदभाव र अपमानजनक व्यवहार सम्बन्धी कसुर शीर्षकको दफा १६८ उपदफा ९३० मा महिलाको रजस्वला र सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमको भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन भनिएको    छ । यस्तो गरेको ठहरिएमा ३ महिना सम्म कैद वा ३ हजार सम्म जरिवाना हुनसक्ने व्यवस्था उक्त ऐनले गरेको छ ।

सार्वजनिक ओहदाको व्यक्तिले यस्तो विभेद् गरेको ठहरिएमा अन्य व्यक्तिलाई हुने सजाय भन्दा दोब्बर सजाय हुने व्यवस्था गरिएको छ । सोही कानुनको दफा १६९ मा यस्तो कसुर गर्ने व्यक्तिबाट पीडितलाई पुगेको क्षति र पीडावापत मनासिब क्षतिपूर्ति भराइदिनु पर्ने व्यवस्था छ । तर कानुनले अपराध मानेको छाउपडी कुप्रथा समाजमा परम्पराका रुपमा जगडिएर बस्दा महिलाहरुले अकालमै ज्याउन गुमाउनु परेको अबश्था छ ।

अछाम, बाजुरा, कैलाली, कञ्चनपुर लगायतका विभिन्न जिल्लामा छाउगोठ भत्काइए पनि फेरि त्यस्ता गोठ बनाइएका छन । कमला आउजीको मृत्युपछि कञ्चनपुर जिल्लामा प्रशासनले फेरी सबै छाउगोठ भत्काउने अभियान चलाउन नौ वटै स्थानीय तहलाई पत्राचार गरेको छ ।

 

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान