आउन ०१ धनगढी । कैलालीबाट प्रहरीले सवारी ज्यान कसुरका २ जना र लागू औषध मुद्दाका एक जना गरी तीन जना फरार प्रतिबादीलाई प्रहरीले कैलालीबाट पक्राउ गरेको छ ।
जिल्ला अदालत कैलालीले कैद सजाय तथा जरिवाना तोकेका ३ जनालाई प्रहरीले बुधवार कैलाीबाट पक्राउ गरेको हो ।
सवारी ज्यान कसुर मुद्दामा २० दिन कैद सजाय र ४ हजार जरिवाना तोकिएका लम्की चुहा नगरपालिका वडा नम्बर– ३ चिसापानीका २७ वर्षीय विजय आचार्य, सवारी ज्यान कसुर मुद्दामा १५ दिन कैद सजाय तोकिएका लम्की चुहा नगरपालिका वडा नम्बर–३ चिसापानीका २८ वर्षीय नमराज चापागाईँ र लागू औषध खैरो हेरोइन मुद्दामा २ महिना २६ दिन कैद सजाय र ५ हजार जरिवाना तोकिएका लम्की चुहा नगरपालीका वडा नम्बर–३ चिसापानीका ३१ वर्षीय दिपा कुमारी विष्ट (साउँद) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी गराएको हो ।
Post Views: 46


