"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीका आर्यन विश्वकर्माले ‘मेडिकल ड्रोन बनाए

No data was found

Khabar Raftar

चैत्र १९ धनगढी । कैलालीका आर्यन विश्वकर्माले ‘मेडिकल ड्रोन बनाएका छन् । एक वर्षअघि नमुना जहाज उडाएर चर्चा पाएका आर्यनले मेडिकल ड्रोन बनाएका हुन । लम्कीचुहा नगरपालिका वडा नम्बर–९, प्रतापपुर भुर्राघाटका आर्यनले प्रत्यक्ष हवाईजहाज नदेखि इन्टरनेटको माध्यमबाट हवाईजहाजको बारेमा जानकारी बटुलेर हुबहु रिर्मोट कन्ट्रोलबाट चल्ने नमुना हवाईजहाज बनाएर उडाएको समाचार प्रकाशन भएपछि उनलाई धनगढीस्थित चैतन्य पाठशालाले छात्रवृत्तिमा पढाइ रहेको छ ।

उक्त विद्यालयमा कक्षा ९ को परीक्षा दिएर बसेका १५ वर्षीय आर्यनले मेडिकल ड्रोन बनाउन विद्यालयले सहयोग गरेको बताए । उनले आफूले बनाएको ड्रोनले दुई किलो सम्मको मेडिकल सामग्री बोकेर एक ठाउँबाट अर्को ठाउँमा पु¥याउने जानकारी गराए । कुनै बिरामी औषधी, इन्जेक्सन नपाएर छट्पटिइरहेको अवस्थामा ड्रोनले बिरामीसम्म पु¥याउन मद्दत गर्ने उनलदे बताए ।

आकस्मिक सेवाका लागि ड्रोनको माध्यमबाट मेडिकल सामग्री पठाउन सकिने बताउदै आर्यनले आफूले बनाएको ड्रोनले कुनै औपचारिक कार्यक्रममा आकाशमा झन्डा फहराउने तथा पुष्प वर्षा गराउनका लागि प्रयोग गर्न सकिने समेत जानकारी गराए । हालै धनगढीमा भएको धार्मिक कार्यक्रमको उद्घाटनमो ड्रोनबाट पुष्प वर्षा गरिएको विद्यालयले जनाएको छ ।

कैलालीको प्रतापपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा कक्षा ८ सम्म अध्ययन गरेका आर्यन अभाव र दुःखमा हुर्कदै गरेका बालक हुन् । उनी चार वर्षको हुँदा भारतमा रोजगारीका लागि गएका बुवा भरत विश्वकर्माको करेन्ट लागेर उतै निधन भएको थियो । पतिको निधन पछि आर्यन र दुई छोरीको लालनपालन देखि सबै जिम्मेवारी आमा राजेश्वरी विश्वकर्माको काँधमा आएको थियो ।

आर्थिक अभावकै कारण गाउँमै खुम्चिएका आर्यनको अद्भूत क्षमताको चर्चा भए पछि धनगढीस्थित चैतन्य पाठशालाले निःशुल्क अध्ययनका लागि गत वर्ष धनगढी लगेको आर्यनका काका नृप विश्वकर्माले जानकारी गराए । महावीर पुनबाट प्रभावित आर्यनले भविष्यमा वैज्ञानिक बन्ने सपना सुनाए ।

साँच्चिकै हवाईजहाज बनाएर आमा, अङ्कल, दिदीहरूलाई त्यसैमा बसाएर उडाउने सपना भएको उनले बताए । चैतन्य पाठशाला धनगढीका सञ्चालक गणेशप्रसाद जोशीले आर्यन विश्वकर्माको ९ कक्षा देखि १२ कक्षा पढाउने जिम्मा विद्यालयले लिएको जानकारी गराए । आर्यनको एक वर्षको पढाइ, बसाइका लागि वर्षको पाँच लाख रुपैयाँ खर्च विद्यालयले बेहोर्ने गरेर जिम्मा लिएको उनले बताए ।

विश्वकर्मा अनुशासित लगनशील भएको बताउदै जोशीले एआईको प्रयोगबाट आर्यनले ड्रोन बनाएको बताए । उनलाई सिक्नका लागि चाहिने सबै कुरा विद्यालयले व्यवस्था गरेको उनले बताए । आर्यनले बनाएको ड्रोन रिर्मोट कन्ट्रोलबाट चल्ने भएकाले यसको व्यावहारिक प्रयोगमा ल्याउनका लागि अझै धेरै अध्ययन र प्रयोगको आवश्यकता रहेको सञ्चालक जोशीले बताए ।

सञ्चालक जोशीले आफ्नो विद्यालयमा आए पछि आर्यनले आरसी प्लेन लगायत सेन्सरबाट चल्ने अन्य सामग्री समेत बनाएको जानकारी गराए । उनले आर्यनका कारण विज्ञान र अनुसन्धानका लागि विभिन्न इनोभेसन (खोज) मा विद्यार्थीलाई सहयोग पुगेको जानकारी गराए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान