"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

संविधानको इमान्दारितापूर्वक कार्यान्वयन नै स्थिरता स्थायित्व, दिगो विकास र सामाजिक न्यायको आधार

No data was found

Khabar Raftar

गणेश नेपाली,असोज ०३ धनगढी ।
संविधान दिवस
संघीय लोकतान्त्रिक, गणतन्त्र नेपालको संविधान २०७२ देशमा लागू भैसकेपछि २०८१ असोज ३ गते दशौँ संविधान दिवस मनाउदैछौँ हामी नेपाली । यो संविधानले हामी नेपालीलाई हक अधिकारका दृष्टिकोणले सम्पन्न बनाएको छ । धेरै जस्तो उपेक्षित समुदाय, तह, तप्का, क्षेत्र लगायतलाई सम्बोधन गरेको छ । संविधानको अभिव्यक्तिले अधिकांश भुइँ मान्छेलाई गदगद बनाएकै हो । महिला, दलित, मुस्लिम, पिछडिएको क्षेत्र, सिमान्तकृतलाई विगतको तुलनामा उन्नत रूपमा सशक्त बनाउन संविधान लेखनसम्म गजब भन्न सकिने अवस्था हो ।

संविधानले प्रदान गरेको वा ग्यारेन्टी गरेको हक अधिकारमा नेपाली जनता वा शासक कसको चकचकी छ रु बहसको विषय मात्र होइन , निष्कर्ष समेत के हो भने संविधानको उत्कृष्टता माथि रमाइरहेका शासकहरू आफू अनुकुल संविधानलाई उपयोग गरिरहेका छन् ।यसकारण शासकहरूको क्रियाकलापमाथि सम्बन्धित समुदाय, क्षेत्र, तह र तप्काले असंतुष्टीका आवाज उठाइरहेका छन् । संविधानले सदियौँ देखि उपेक्षा, उत्पीडन, बञ्चितिकरणमा परेका समुदायलाई आत्मसम्मानपूर्वक जीवनयापन गर्न सक्ने समानता र स्वतन्त्रताको हकलाई प्रत्याभूत गरेको छ । समावेशीको सिद्धान्तलाई संविधानको आत्मा भने पनि हुन्छ ।

शासकहरूले यो आत्मालाई मौका पाउने वित्तिकै सके जति प्रहार गर्ने गरेका छन् । विगतका शासन व्यवस्था निरंकुश थिए यसकारण पटक पटक ती व्यवस्था विरुद्ध पर्वतनका लागि आन्दोलन र क्रान्ति भए । शासकहरू फेरिए तर नयाँ शासकहरू पनि नयाँ व्यवस्थाको खोल ओढेर पुरानै निरंकुश र सामन्ती प्रवृत्तिको निर्लज्ज प्रदर्शन गर्ने प्रतिस्पर्धामा तछाडमछाड गरिरहेका छन् ।जसले जातीय, क्षेत्रीय, लैंगिक र शासकीय उत्पीडन विरूद्ध ज्यानकै प्रवाह नगरेर क्रान्ति र आन्दोलनमा नेतृत्व गरे, लामबद्ध भए तिनीहरु नै आफैले ल्याएको व्यवस्थाको भावना र मर्म विपरितका कार्य गरिरहन एकछिन पनि हिच्किचाएको देखिएन ।

राज्यका नीति निर्माण गर्ने तहदेखि कार्यान्वयनका तहसम्म संविधानले ग्यारेन्टी गरेको समावेशी र समानुपातिक प्रणालीलाई आफू अनुकूल व्याख्या र उपयोग गर्न लक्षित समुदायका विरुद्ध लागिपरेका छन् । हुँदाहुँदा संविधानको यो समानुपातिक र समावेशी प्रणालीलाई संशोधनको मुद्दा बनाइरहेका छन् ।संघीय प्रणालीलाई उत्कृष्ट प्रणाली भनिन्छ । देश संघीयतामा प्रवेश गरेको छ । संघीयतामा देश प्रवेश गरिसकेपछी गाउँ गाउँमा सिंहदरबार भन्ने नेपाली संघीयताको मूलभुत सिद्धान्त, विचार र आत्मा माथी नै बादल मडारिएको छ ।

विकेन्द्रीकरण प्रणालीलाई केन्द्रीय सत्ता र सरकारले कार्यान्वयन गर्ने भएकोले स्थानीय र प्रदेश सरकार र सत्ता जति केन्द्रीय सरकारले गर्न नसक्ने र त्यसको प्रभावकारीता माथी नै विगतमा प्रश्न उठेका थिए । प्रत्येक स्थानीय तह र प्रदेश सरकारले कानून समेत निर्माण गरेर कार्यान्वयन गर्न सक्ने अधिकार संविधान अनुसार प्राप्त गरेका छन् । लक्षित समुदायको हितमा न्याय गर्न नसक्ने स्थानीय र प्रदेश सरकारको गतिविधी जगजाहेर छ ।

अपवाद बाहेक केही स्थानीय तहहरूले दलित, महिला, पिछडिएका र गरिबीको रेखामुनिका रहेका समुदायको हितमा काम गरिरहेका छन् । तर गर्नुपर्ने सबैले हो । अपवाद बाहेक महिलाको सवालमा स्थानीय र प्रदेश सरकारहरू पितृसत्तावादी छन्, दलितको सवालमा मनुवादी छन्, पिछडिएको क्षेत्रको सवालमा उपेक्षावादी र गरीबीको रेखामुनि रहेका जनताको सवालमा सामन्ती र शोषक प्रवृत्ति छन् ।

समाज र सरकारका प्रत्येक जिम्मेवार व्यक्तिले संविधानको कार्यान्वनमा जालझेल नगरेर इमान्दारितापूर्वक नलाग्दा सम्म संविधानको आत्मा र मूल मर्म बाच्न सक्दैन् । उपेक्षित, उत्पीडितको पक्षमा संविधानको इमान्दारितापूर्वक कार्यान्वयन नै स्थिरता, स्थायित्व, दिगो विकास र सामाजिक न्यायको आधार हो । संविधानले ग्यारेन्टी गरेका लक्षित समुदायको हक र हितमा कुनैपनि सरकार सकारात्मक छैनन् भन्ने पुष्टि भइसको छ ।

शक्ति पृथकिकरणको सिद्धान्त पनि वाहियात भएको छ । एक निकायले न्याय दिएन भने अर्कोले बोलिदेला भन्ने आशा माथी पनि तुषारापात भएको छ । संविधानले ग्यारेन्टी गरेका हक अधिकार कार्यान्वयन गर्नेहरूको मनुवादी, पितृसत्तावादी र सामन्ती सोच भएकाहरूको कारण नेपाली जनतामा संविधान र व्यवस्थाका प्रति नै असन्तुष्टी देखिन थालेको छ ।सरकार र सत्ताले गरेको उपेक्षा , बञ्चितिकरण र पक्षपातपूर्ण शासनले संविधानको भवना र मर्ममाथि कुठाराघात भैरहेको त हामीले देखिरहेको छौँ साथै सामाजिकरूपमा हुने र भैरहेका उपेक्षा, तिरस्कार, बहिस्कार, विभेद, झन कहालीलाग्दो छ । पटक पटक हुने आदोलन र क्रान्तिहरू जातीय छुवाछुत र विभेद, लैंगिक विभेद र उत्पिडन, सामन्ती सोच र विचारका विरुद्ध भएका हुन् ।

यी सबै विभेदहरू हाम्रै समाजका उपज हुन् । पटक पटक हुने आन्दोलनको कारण हाम्रा सामाजिक कुसंस्कार , अन्धविश्वास , रुढीवादी मानसिकता पनि हुन् । पटक पटक हुने आन्दोलन र विद्रोहहरूका कारण नेपाली समाजल र देशले भोगेका अतुलनीय क्षति, रक्तपात, असह्य पीडा, सामाजिक विभाजन, अशान्ति र त्रासबाट नेपाली समाजले पाठ सिक्नै पर्छ । कहिलेसम्म अब फेरि फेरि यस्तै भय र त्रास, जनधनको क्षति भोग्न हामी तयार रहने रु सोच्नु पर्छ । तिनै समस्याका कारण हुने विद्रोह, आन्दोलन र क्रान्तिका कारण हामी आफै हौं ।

हाम्रा सामाजिक समस्याहरूलाई यथावत राख्ने वा पुनर्उत्थान गर्ने कार्यले हामीलाई नै डस्ने छ । हाम्रा विद्यमान कुसंस्कृतिका विरुद्ध हुने विद्रोह र रक्तपात रोक्न नेपाली समाज आफै आमूल परिवर्तनको बाटो हिड्नै पर्छ ।नेपाली समाज आमूल परिवर्तन नहुदासम्म विभेदको आहलबाट आएका शासक जस्तै शासकहरू भविष्यमा पनि आइरहने छन् । यस्ता विभेदी शासक जन्माउने समाज पनि यही नेपाली समाज भैरहेको छ र भविष्यमा पनि हुनेछ ।

समाजमा आमूल परिवर्तन नहुदा सम्म मान्छेमा पनि परिवर्तन हुदैन । त्यसैले समाज परिवर्तन पनि व्यवस्था परिवर्तन संगै हु जरूरी छ । सामाजभित्रको परिवर्तन समाजले आफै गर्नु उत्तम हुन्छ । जति ढिलो ग¥यो त्यति नै देश र समाजलाई नोक्सान हुँदै जान्छ भन्ने पाठ समाजले सिक्न जरुरी छ । समाज र सरकारका प्रत्येक जिम्मेवार व्यक्तिले संविधानको कार्यान्वनमा जालझेल नगरेर इमान्दारितापूर्वक नलाग्दा सम्म संविधानको आत्मा र मूल मर्म बाच्न सक्दैन् । उपेक्षित, उत्पीडितको पक्षमा संविधानको इमान्दारितापूर्वक कार्यान्वयन नै स्थिरता, स्थायित्व, दिगो विकास र सामाजिक न्यायको आधार हो ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान