"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दैजी–छेला औद्योगिक क्षेत्रमा पर्ने रूखको लगत सङ्कलन कार्य सुरु

No data was found

Khabar Raftar

साउन ३१ कञ्चनपुर । दैजी–छेला औद्योगिक क्षेत्रमा पर्ने रूखको लगत संकलन गर्ने कार्य सुरु गरिएको छ । बेदकोट नगरपालिका वडा नम्बर–२ र ३ मा पर्ने औद्योगिक क्षेत्रको स्वीकृत वातावरणीय प्रभाव मूल्याङकन अनुसार लगतमा समावेश हुनबाट छुटेका सामुदायिक वनभित्रका रूखहरुको लगत संकलनको कार्य सुरु गरिएको हो ।

डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजनल अधिकृत भीमप्रसाद कँडेलले रूखहरुको लगत संकलनको कार्य सुरु गरिएको जानकारी गराए । औद्योगिक क्षेत्रका पूर्व, उत्तर र दक्षिणी क्षेत्र अन्तर्गत पर्ने जनचेतना सामुदायिक वन र बेदकोट सामुदायिक वन क्षेत्रमा रूख तथा खम्बाको लगत लिने कार्य यसअघि गरिएको थियो ।

स्वीकृत वातावरणीय प्रभाव मूल्याङकनमा छुटेको पश्चिमतर्फको क्षेत्रका रूखको लगत लिने कार्य अहिले भइरहेको डिभिजन वन कार्यालयका डिभिजनल अधिकृत भीमप्रसाद कँडेलले जानकारी गराए । औद्योगिक क्षेत्रभित्र पर्ने दुई सय ४० दशमलव ३४ हेक्टर जग्गामा रहेका रूखको लगत लिनु पर्नेमा हालसम्म दुई सय चार दशमलव ५२ हेक्टर जग्गामा रहेका रूखहरुको लगत लिने कार्य गरिएको उनले बताए ।

बाँकी ३५ दशमलव ८२ हेक्टर क्षेत्रफल जग्गामा रहेका रूखहरुको लगत लिने कार्य सुरु गरिएको उनले जानकारी गराए । यसअघि औद्योगिक क्षेत्रभित्र पर्ने जनचेतना सामुदायिक वनमा १९ हजार आठ सय दुई र बेदकोट सामुदायिक वनमा पर्ने २३ हजार चार सय ५५ गरी ४३ हजार दुई सय ५७ वटा रूखको लगत लिने कार्य गरिएको अधिकृत कँडेलले जानकारी गराए ।

रूखको लगत लिनका लागि डिभिजन वन कार्यालयका कर्मचारी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्राविधिक कर्मचारी खटिएको उनले बताए । लगत सङकलन गर्ने कार्य दुई हप्ताभित्र सक्ने लक्ष्य लिइएको उनले जानकारी गराए । चुरे क्षेत्रको वन्यजन्तु ओहोरदोहोर गर्ने झण्डै १९ हेक्टर क्षेत्रलाई घटाएर बाँकी स्वीकृत गरिएको उनले जानकारी गराए ।

रूखको लगत लिने कार्य पूरा गरी मन्त्रालयमा पठाउने उनले जानकारी गराए । मन्त्रिपरिषद्को निर्णय अनुसार रूख छपान, कटान कार्यको आदेश बमोजिम अरू कार्य त्यसपछि अगाडि बढने जानकारी गराउदै उनले अहिले लगत लिने कार्य मात्रै भइरहेको जानकारी गराए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान