"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

डोरी बेचेरै परिवारको जीविका चलाउछन् बन्धु राना

No data was found

Khabar Raftar

साउन २४ कञ्चनपुर ।शुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ कसरौलका ८० बषीय बन्धु रानाले परम्परागत सीपको सदुपयोग गर्दै डोरी बाटेर बिक्री गरी परिवारको गुजारा चलाउदै आएका छन । डोरी बाटेरै महिनामा तीस हजार बढी आम्दानी गर्दै आएको उनले त्यहीबाट गुजारा चलाउदै आएका हुन । बजारमा सिमेन्ट राख्न प्रयोग भएका खालि बोरीहरु खरिद गरी त्यसको धागो निकालेर त्यसबाट डोरी बाटने गरेको उनले बताए ।

डोरी बलियो र देख्नमा आकर्षक हुने भएकाले ग्राहकले सहजै किन्ने गरेको बताउदै उनले एउटै डोरी दुई सय देखि पाँच सय सम्ममा बिक्री हुने गरेको बताए । घरमै बसेर डोरी तयार गर्ने गरेको बताउदै उनले तयार भएको डोरी काँधमा बोक्दै गाउँ गाउँ पुरयाएर बिक्री गर्दै आएको बताए ।

दैनिक एक हजार जतिको डोरी बिक्री हुने गरेको बताउदै उनले डोरी बेच्नकै लागि विहानको खाना खाएर गाउँ चहार्दै हिडने र बेलुकी साँझ अवेर मात्रै घर फर्कने गरेको सुनाए । रानाले छडकी, वरहा, घाँस बोक्ने जाल, मुखडा, नाथ लगायत बनाउने गरेको बताउदै सबै भन्दा बढी छडकी डोरी बिक्री हुने गरेको बताए ।

गाई गोरु बाध्नका लागि प्रयोग हुने छडकीको ग्राहकले बढी माग गर्ने गरेको बताउदै रानाले डोरी बनाउन २० वर्षको उमेरमै सिकेको बताए । “धेरै परिवार हुँदा आर्थिक अभाव सधैं भैरहने बताउदै उनले लेखपढ गर्ने अवसर नपाएको बताए । लेखपढ पर्ने खासै चासो पनि नभएको बताउदै उनले गोठालो जाने गरेको सुनाए ।

अरुले डोरी बनाएको देखेर त्यसबाटै सिकेको बताउदै उनले पहिला बावियो, सनपाट, जुटको डोरीको प्रयोग बढी हुने गरेको बताए । खेतवारीमै डोरीका लागि जुट, सनपाटको खेती किसानले प्रशस्त रुपमा गर्ने गरेको बताउदै उनले बजारमा प्लाष्टिका डोरी आए पछि किसानले जुट र सनपाटको खेती गर्न छाडेको बताए ।

जुट र सनपाटको खेती हुन छाडेपछि विकल्पमा प्लाष्टिका बोरीहरु खरिद गरी त्यसबाटै डोरी बनाउने कार्य थालेको उनले बताए । ४० वर्षको उमेर पछि व्यवसायीक रुपमा डोरी बनाएर बिक्री गर्ने गर्न थालेको बताए । विवाह गरेको दुई वर्षमै श्रीमतीको देहवसान भए पछि दोश्रो विवाह नगरेका रानाले जेठो दाजुको घरमा बस्दै आएको बताए ।

डोरी बेचेकै पैसाले रानाले जेठो दाजुको छोराका लागि मोटरसाइकल खरिद गरिदिएको बताए । उनका नाती डुठ्ठा रानाले मोटरसाइकल किन्न थोरै रकम आफैले जुटाएको बताउदै दुई लाख रकम डोरी बेचेर आएको रकम बाजेले दिएको बताए ।

उमेर छदा डोरी बेचेर महिनामै ५०÷६० हजार सम्म पनि कमाउने गरेको बताउदै उनले उमेर ढल्कीदै जाँदा कमाइ पनि घटेको बताए । घर खर्चसंगै आफुलाई आवश्यक भएको लुगाफाटो,जुत्ता,चप्पल, औषधपचार लगायतको खर्च डोरी बेचेर आएको रकमबाटै व्यहोर्दै आएको उनले सुनाए ।

पूर्व वडा अध्यक्ष जगता रानाले पौरख गरेर खाने स्वावलम्बी व्यक्तिका रुपमा आफुले बन्धुलाई चिनेको बताए । व्यवसायीक कार्यलाई निरन्तरता दिए पैसाका लागि अरुकोे मुख ताक्नु नपर्ने पाठ उनीबाट सिक्नु पर्ने उनले बताए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान