"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जडीबुटीका लागि बैतडी उर्वर भूमि बन्दै

No data was found

Khabar Raftar

साउन २१ धनगढी । विभिन्न जडीबुटीका लागि बैतडी जिल्ला उर्वर भूमि बन्दै गएको छ । एक वर्षको अवधिमा बैतडीबाट चार लाख किलो जडीबुटी निकासा भएको पाइएको छ । आर्थिक वर्ष २०८०÷८१ मा तेजपत्ता, सिमजडी, चुत्रो, सुगन्धवाल, अमला, रिट्ठा, हर्रोबर्रा ेलगायतका एक दर्जन जडीबुटी निकासी हुँदा १६ लाख ७१ हजार रुपैयाँ राजस्व समेत सङ्कलन भएको छ ।

१० वटा स्थानीय तह र ८४ वटा वडामा ६५ वटा भन्दा बढी दुर्लभ वनस्पति र आयुर्वेदजन्य जडीबुटी पाइने गरेको बताईएको छ । क्यान्सर रोगको उपचारमा प्रयोग हुने लौठसल्ला देखि गुड र महसमेत उत्पादन हुने गरेको पाईएको छ । डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार हरेक वर्ष चार लाख किलो जडीबुटी भारत जाने गरेको छ ।

डिभिजन वन कार्यालयका वन अधिकृत दिलीपकुमार यादवले सबैभन्दा बढी निकासी हुने जडीबुटीमा किरमडाको डाँठ, जरा स्थानीय चुत्रो र रिट्ठा रहेको बताए । सम्पूर्ण जडीबुटी बिचौलिया मार्फत भारत निकासी हुने भएकाले नेपालको विभिन्न सहर तथा जिल्लामा जडीबुटी प्रशोधन केन्द्र सञ्चालन हुन नसकेको उनले जानकारी गराए ।

ग्वाल्लेक र सिगास संरक्षित वनमा ट्याक्सल नामको रसायन निस्कने लौठसल्ला सहित ६५ भन्दा बढी जडीबुटी भेटिएको उनले बताए । जडीबुटी प्रशोधन केन्द्र स्थापना हुन नसक्दा जडीबटी बिचौलिया मार्फत भारत निकासी हुने गरेको नागरिक अगुवा राघव अवस्थीले बताए ।

डिभिजन वन कार्यालयका वन अधिकृत यादवले रिट्ठा र तेजपत्तापछि र किरमडा चुत्रोको बोक्रा, जरा र डाँठ बढी निकासी हुने गरेको बताए । चुत्रो सङ्कलन गर्न प्रतिकिलो १० रुपियाँ राजस्व तिरेपछि उक्त जडीबुटी निकासी गर्न पाइने उनले जानकारी गराए । बैतडीका विभिन्न ठाउँबाट सङ्कलन गरिएको जडीबुटी नेपालगन्ज नाका हुँदै भारत जाने गरेको उने बताए ।

आर्थिक बर्ष २०८०÷८१ मा बैतडीबाट ९७ हजार ५ सय ४० क्युफिट काठ र एक हजार टन सल्लाको खोटो निकासी भएको उनले जानकारी गराए । काठबाट २६ लाख २६ हजार ७ सय ५५ रुपैयाँ राजस्व सङ्कलन भएको उनले जानकारी गराए ।

सल्लाको खोटो ३ सय ७८ टन निकासी हुँदा पाँच लाख ८९ हजार ९ सय ८३ रुपैयाँ राजस्व प्राप्त भएको उनले बताए । दुर्लभ वनस्पति तथा जडीबुटीको अवैध चोरी निकासी रोक्नुपर्ने र बिचौलिया मार्फत हुने निकासीमा कडाइ गर्नु पर्ने स्थानीयले बताएका छन ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन