"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जनसाँस्कृतिक महासंघ नेपालद्धारा जनकलाकार बिसी सम्मानीत

No data was found

Khabar Raftar

जेष्ठ ७ धनगढी । जनसाँस्कृतिक महासंघ नेपाल सुदूरपश्चिमद्धारा जनकलाकार बिष्ना बिसी (सपना) सम्मानीत भएकी छिन् । जनसाँस्कृतिक महासंघ नेपाल सुदूरपश्चिम प्रदेश समितिले जेष्ठ ५ गते शनिबारका दिन धनगढीमा आयोजना गरेको तेस्रो प्रदेश सम्मेलनमा बिसी सम्मानीत भएकी हुन् । नेकपा माओवादी केन्द्रका उपमहासचिव, सुदूरपश्चिम प्रदेश ईन्चार्ज एवम् प्रदेश सम्मेलनका प्रमुख अतिथि गिरीराज मणि पोख्रेलले जनयुद्धका जनकलाकारले साँस्कृतिक क्रान्ति गरेर लोकतान्त्रिक गणतन्त्र स्थापनामा खेलेको भूमिकाको प्रशंसा गर्दै दोसल्ला ओढाएर सम्मानपत्रले बिसीलाई सम्मान गरेका थिए ।

जनयुद्ध हुँदै अहिलेसम्म निरन्तर देश र जनताका पक्षमा जनवादी गीत गाउँदै आएकी बिसीले परिवर्तनका लागि गरेको योगदानको मूल्याकंन गर्दै सम्मान गरिएको जनसाँस्कृतिक महासंघ नेपाल सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष सिबी चन्दले बताए । बिसीसंगै एकदर्जन भन्दा बढी जनकलाकारलाई सम्मान गरिएको उनले जानकारी गराए । राजनीतिमा लागेकाहरुले असल सोच राखेर देश जनताका पक्षमा सेवाभावले काम गर्ने बताउदै सम्मानीत विसिले आफूले केही पाउनकै लागि काम नगरेको बताईन । योगदानको मूल्याकंन गर्दै आफूलाई सम्मान गर्ने जनसाँस्कृतिक महासंघ नेपाल सुदूरपश्चिम प्रदेश समितिलाई उनले धन्यबाद दिईन ।

आफूलाई सम्मानको लायक बनाउने पार्टी, जनता र समाज प्रर्ति बिसीले सम्मान व्यक्तगर्दै साँस्कृतिक आन्दोलनमा सधैं लागिपर्ने बताईन् । कलिलै उमेरमा स्कूल पढ्न छोडेर जनयुद्धमा होमिएकी बिसी २०५८ साल देखि जनयुद्धमा भूमिगत भएर अहिलेसम्म निरन्तर पार्टी निमार्ण र विस्तारमा सक्रिय भएर लाग्दै आएकी छिन् । जनयुद्धदेखि अहिलेसम्म देश र जनताको पक्षमा निरन्तर जनवादी गीत गाउँदै परिर्वतनका लागि जनसांस्कृतिक आन्दोलन गर्दै आएको जनयुद्धका चर्चित जनकलाकार एमबी सर्वहाराले बताए । जनसांस्कृतिक आन्दोलन आफूले हाँकी रहेको बेलामा बिसी सबैभन्दा सानो उमेरको र सबैको जनप्रिय कलाकारको रुपमा स्थापित भएको सर्वहाराले विगत सम्झिए ।

बिसीले हिजोदेखि आजसम्म निरन्तर जनताकै बीचमा रहेर परिवर्तनका गीत गाउँदै आएको सर्वहारा बताउँछन् । तत्कालीन अछाम भैरवस्थान थालपाटा घर भएकी बिसीले परिवारबाटै पहिलो विद्रोह गरिन् । नेपाली कांग्रेसबाट सक्रिय राजनीति पृष्ठभूमी भएको परिवारबाट उनले जनयुद्धको बाटो रोजिन र माओवादी बनिन् । विद्यार्थी संगठन र साँस्कृतिक आन्दोलनबाट राजनीति सुरु गरेकी बिसीले बिशु सांस्कृतिक परिवारमा जनकलाकारको जिम्मेवारीमा रहेर काम गरिन् । जनयुद्धको समयमा यरिया कलाकारको कमिसार हुँदै, रामारोशन जनसाँस्कृतिक परिवार, सेतीमहाकाली लेखक संघ सदस्य र अखिल नेपाल लेखक संघको जिम्मेवारीमा रहेर पनि बिसीले कामगरिसकेकी छिन् ।

त्यसैगरी पार्टी वडा अध्यक्ष हुँदै अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला कोषध्यक्ष, क्रान्तिकारी पत्रकार महासंघ सदस्य र वडा नागरिक मञ्चको संयोजक समेत भएर सामाजिक परिवर्तनका लागि आफूले काम गरेको बिसीले बताईन । महिला जागरण केन्द्र नेपालकी अध्यक्ष बिसी विभन्न संघसंस्थाको जिम्मेवारी पदमा आवद्ध भएर कामगर्दै आइरहेकी छिन् । गायनसंगै साहित्यमा सक्रिय रुपमा विभेदका विरुद्ध परिवर्तनका पक्षमा कलम चलाउँदै आएकी बिसी समाजमा सम्मानित हुँदै आएको शिक्षक कृष्ण बिकले बताए । जसरी समाजले बिसीको सामाजिक योगदानको मूल्यांकन गरेर सम्मान गर्दै आएको छ त्यसैगरी पार्टीले पनि पार्टीमा गरेको योगदानको मूल्याकंन गर्दै राजनीतिक न्यायोचित व्यवहार गर्नुपर्ने उनले बताए । क्रान्तिकारी छवी भएकी बिसीले सामाजिक विभेदका विरुद्ध दोस्रो विद्रोह गरिन् ।

परिवारले रोक्न खोज्दाखोज्दै पनि कैलाली लम्कीचुहामा बस्ने पत्रकार तथा मानवअधिकारकर्मी धनराज बिक (अविरल) संग २०६५ सालमा अन्तरजातीय विवाह गरिन् । बिसीले दलितसंग विवाह गरेर सामाजिक परिवर्तनको सुरुवात आफैबाट गरिन् । विवाह पछि अछामबाट पार्टी जिल्ला सदस्यको सरुवा गरेर कैलालीबाट उनले सक्रिय राजनीतिक गर्दै आएकी छिन् । पार्टी राजनीतिमा विभिन्न खाले उत्तरचडाब र कठिन परिस्थिति आउँदा पनि जनयुद्ध र संस्थापन पक्षको मार्ग नछोडेको विसी बताउछिन । विभिन्न खालका पद र प्रतिष्ठाका माग ल्याएर भेट्न अन्य रानीतिकदलका नेताहरु घरमै आएपनि आफू पद र प्रतिष्ठामा नलोभिएको बिसीले बताईन ।

माओवादी पार्टीको इमानदार र असल पार्टी कार्यकर्ता भएर जनयुद्धबाट प्राप्त शासन व्यवस्था र परिर्वनलाई संस्थागत गर्न आफूसधैं लागिपर्दै आएको र लागिपर्ने बिसीले बताईन् । राजनीति सेवाभावले गर्ने हो अवसरवादी सोच राखेर कसैले पनि राजनीति गर्नु हुँदैन् उनले भनिन । जनताको बीचमा गएर पार्टी निमार्ण र विस्तारमा लागेकाहरुको सही मूल्याकंन गर्न पार्टीभने चुक्नु हुँदैन् । माओवादी पार्टी र देशलाई आवश्यक परेकोबेला फेरीपनि परिवर्तनका लागि जस्तोसुकै त्याग गर्न तयार छु उनले भनिन ।

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवम् नेपाल दलित मुक्तिमोर्चाका केन्द्रिय सदस्य बिष्ना कुमारी बिसी (सपना) लाई पार्टीले २०८० को निर्वाचनमा सुदूरपश्चिम प्रदेश समानुपातिक सदस्यका लागि सिफारिस गरेर पठाएको थियो । प्रदेश कमिटीले समानुपातिक सदस्यमा नाम सिफरिस गरेर पठाए पनि बन्द सुचिमा भने बिसीको नाम परेको थिएन ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान