जेठ ०१ धनगढी । कैलालीको चुरे गाउँपालिका वडा नम्बर–५ लिसवेली गाउँका किसानहरु नजिकको मुहानबाट ल्याएको पानी पोखरीमा सङ्कलन गरेर खतीपाती गर्र्दै आएका छन् । हिउँदे बालीका लागि उनीहरूले निजी तथा सामुदायिक पोखरीबाट खेतबारी सिँचाइ गर्दै आएका हुन् ।
लिसवेली गाउँका सबै किसानहरु अन्नबाली भन्दा तरकारी खेती गर्दै आउका छन । गोलभेँडा, खुर्सानी, बन्दाकोभी, काउली, आलु, प्याज, लसुन, धनियाँ लगायतका तरकारी बाली उनीहरुले लगाउने गरेका छन । १२ घर किसान परिवारले सामूहिक र व्यक्तिगत रूपमा बनाइएका पोखरीमा सङ्कलन भएको पानीबाटै प्रशस्त आम्दानी गर्दै आएको किसान खेमराज सापकोटाले बताए ।
उनीहरूले बारीमा पानी लगाउने समय तालीका पनि बनाएको उनले बताए । खेतीका लागि पानीको समस्या भएकाले पोखरीमा मुहानको पानी सङ्कलन गरिरहेको बताउदै उनले पोखरीको पानी सबैले प्रयोगमा ल्याएको बताए । किसानहरुले वर्षातको दुई महिना बाहेक अन्य समयमा तरकारीखेती गर्दै आएको बताउदै उनले खेतीका लागि सामूहिक वा व्यक्तिगत पोखरीमा जम्मा भएको पानी प्रयोग गर्ने गरेको बताए ।
त्यसैगरी किसान धर्मराज भट्टले थोपा सिँचाइ प्रविधि प्रयोगमा ल्याउन किसानले वर्षाको पानी सङ्कलनका लागी प्रत्येक घरमा ‘स्वायल सिमेन्ट’ पोखरी बनाउने योजना रहेको बताए ।