बैशाख १७ कालीकोट । कालीकोटमा फेरि एक जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको छ । अर्काको सट्टामा परीक्षा दिँदै गरेका २६ वर्षीय नक्कली परीक्षाथीलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कालीकोटले तिलागुफा नगरपालिका वडा नम्बर–६ स्थित सत्यदेवी परीक्षा केन्द्रबाट अर्कोको सट्टा परीक्षा दिइरहेका वर्ष २६ का पम्व विष्टलाई पक्राउ गरेको जानकारी गराएको हो ।
कालीका माध्यमिक विद्यालय छाप्रे ७ बाट कक्षा १२ मा अध्ययनरत प्रकाश पन्थीको परीक्षा दिंदै गरेको भेटिए पछि उनलाई पक्राउ गरिीएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले जानकारी गराएका हुन । पन्थी भने फरार रहेको उनले जानकरी गराए । यसअघि पञ्चदेव परीक्षा केन्द्रबाट दुई जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको उनले जानकारी गराए ।
सामाजिक विषय सहित पहिलो दिन १४ गते अग्रे्रेजी विषयको परीक्षा दिंदै गरेका दुई जना नक्कली परीक्षार्थी सहित कालीकोटमा अहिले सँम्म तीन जना नक्कली परीक्षार्थी पक्राउ गरिएको सूचना अधिकारी थापाले जानकारी गर्राए ।
पन्चदेव माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट जनजीवन माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत नेकपा (माओवादी केन्द्र) का स्थानीय नेता भानुप्रभात पाण्डेको सट्टामा परीक्षा दिँदै गरेका एक नाबालक र किसान शाहीको सट्टामा परीक्षा दिँदै गरेका अर्को नाबालक गरी दुई जनालाई पक्राउ गरिएको उनले जानकारी गराए । उनीहरू नाबालक भएकाले नाम सार्वजनिक नगरिएको थापाले जानकारी गराए ।


