"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सामाजिक अभियन्ता , कुमाउनी र हिन्दी साहित्यका सर्जक डा. पीताम्बर अवस्थी नेपाल भारत सुमधुर सम्बन्धका सेतु

No data was found

Khabar Raftar

गणेश बहादुर नेपाली ,धनगढी, सुदूरपश्चिम प्रदेश, नेपाल ।

सेवा निवृत्त शिक्षक, कवि, साहित्यकार समाजसेवी, बौद्धिक , प्राज्ञिक व्यक्तित्व डा. पीताम्बर अवस्थी बहुमुखी प्रतिभाले सम्पन्न परोपकारी मानवतावादी ज्योतिर्मय मानस नक्षेत्र हुनुहुन्छ । शिक्षाको उज्यालो प्रकाश छरेर समाजमा चेतनाको चिराग प्रज्वलित गरी एक कर्तव्यनिष्ठ शिक्षकको भूमिका निर्वाह गर्दा समाज र देशको सम्मानले विभूषित हुनुभएका अवस्थी समाजमा व्याप्त गरीबी , पिछडापन, विभेद, असमानता विरूद्ध जागरण ल्याई सामाजिक न्यायको बहालीका लागि क्रियाशील मात्र होईन संघर्षरत अहिंसावादी क्रान्तिनायक पनि हुनुहुन्छ । जुन समाजले डा. पीताम्बर अवस्थी जस्ता मानवीय भावनाका विद्वान समाज सुधारक प्राप्त गर्दछ त्यो समाजको अहोभाग्य अवर्णनीय सौन्दर्यले सुरम्य हुने सुनिश्चित छ ।

समाजका अनेक उहापोह, आरोह अवरोह, रितिवाज, परम्परा, चालचलन, संस्कृतिले मान्छेका बानी, स्वभाव, प्रवृत्तिलाई प्रभावित गर्दछन् । यो पर्नुपर्ने प्रभाव सकारात्मक हो तर विडम्बना केही हाम्रा चालचलन, रितिरिवाज, परम्पराले मानिसका बिचमा विभेद, असमानता र आडम्बरलाई जानी नजानी संरक्षण गरिरहेका हुन्छन् । यस्तो संरक्षणले समाज विभाजनको विन्दूमा पुग्दछ । यो विभाजन आर्थिक, सामाजिक, शैक्षिक, साँस्कृतिक, धार्मिक सबैतिर प्रवेश गरेर जनजीवनलाई पक्ष विपक्षमा उभिन लगाउदछ । यो विभाजनले समाजलाई जात, धर्म, लिंग, वर्ण जस्ता त्राषदिपूर्ण विभेद र विभाजनको कुचक्रमा फसाउन कुनै कसर बाकी राख्दैन । यसै कारण समाजमा गरिबी छ । अशिक्षा छ । चेतनाको अभाव छ । अन्याय छ । मानिस जानेर नजानेर सामाजिक विकृती र विसंगतिलाई अवलम्बन गरेर मानिसलाई नै दुख दिईरहेको छ । घृणा गरिरहेको छ । अपमान गरिरहेको छ । सामाजिक विकृति र विसंगतिलाई नेस्तनाबुद गरेर कमजोर तप्का र वर्गका लागि बोल्न कसैलाई फुर्सद नै छैन् । आफ्नो स्वार्थका लागि बाहेक मानिस अरूका लागि धेरै थोरैले मात्र आवाज उठाउछन् । यस्ता थोरै मानिस मध्ये हुनुहुन्छ डा. पीताम्बर अवस्थी पनि ।

समाजको सर्बांगीण विकासका लागि शैक्षिक उन्नयनार्थ शिक्षण पेशा गरिसक्नु भएका, सामाजिक सांस्कृतिक सुधार र परिवर्नका लागि संघर्ष गरिरहनुभएका, साहित्यको श्रीवृद्धिका लागि मनसा, बाचा, कर्मणा दत्तचित्त भएर लागिरहनु भएका महामना डा. अवस्थीका सामाजिक, साहित्यिक, योगदान अद्वितीय लाग्दछ । भारतको उत्तराखण्ड राज्य धार्मिक आध्यात्मिक साधना र तपस्याको पवित्रस्थलका रूपमा हाम्रा धर्मशास्त्रमा पनि उल्लेख गरिएको छ । त्यसैले उत्तराखण्डलाई देवभूमि देवस्थली मानिएको छ । देवभूमिका निवासी डा अवस्थी भारतको पिथौरागढमा पूज्य माता पिता हेमन्ती अवस्थी(हरूली आमा) र पूज्य ज्योतिषाचार्य जयदेव अवस्थीका पुत्ररत्नका रूपमा जन्मनु भएको हो ।

कोविद. इतिहास, समाजशास्त्र, अर्थशास्त्र, राजनीतिक विज्ञान, हिन्दीमा स्नाकोत्तर, योगाचार्य साहित्याचार्य लगायत विद्यावारिधि गर्न सफल प्राज्ञिक व्यक्तित्व डा. पीताम्बर अवस्थीले शिक्षा र ज्ञानको उज्यालोमा समाज समुदायलाई लाभान्वित गर्न आफैले ज्ञान प्रकाश सँस्कृत पुस्तकालयको स्थापना गरेर समाजको प्राज्ञिक उन्नयनमा विशिष्ट योगदान गर्नुभएको छ । जुन पुस्तकालयमा साठीहजार बढी पुस्तकहरू रहेका छन् । अध्ययन, अनुसंधानको विशिष्ट हो त्यो पुस्तकालय । उहाले दर्जन कृति रचना गर्नुभएको छ । अनेक अनुसंधानात्मक लेखहरू पनि लेख्नु भएको छ ।

वातावरण संरक्षणका र जिवजन्तु बचाउ अभियानलाई सशक्त बनाउन, प्रकृति प्रेम बालबालिकामा अभिवृद्धि गर्न बाल करुणा क्लब स्थापना गरी शान्ति र अहिंसाको मार्ग अवलम्बन गराइ रहनु भएको छ । शान्तिप्रिय अहिंसावादी डा. अवस्थी समाजमा व्याप्त अन्धविशास, रूढीवाद र असमनता विरुद्ध पनि संघर्षरत क्रान्तिकारी व्यक्तित्व हुनुहुन्छ । वर्तमानमा भएको आधुनिक विकास संगै भित्रिएका बिकृतीले समाजको सर्बांगिण विकासको मार्गमा चुनौती थपिएको छ । अनेक चुनौतीहरू मध्ये लागू औषध दुर्व्यसन जाड रक्सीको सेवन, धुम्रपान, सुर्ती र खैनीको प्रयोगले जनजीवन कठिन, दुखदायी, अस्तव्यस्त बनाइ दिएको छ । दुर्व्यसनले युवा र किशोरलाई नशाको कुलतमा फसाएको छ । यो भयावह अवस्था प्रति सचेत र गम्भीर देखिएका अवस्थी समाजलाई दुर्व्यसन र कुलत विरुद्ध अभियान चलाएर नशामुक्त बनाउन भगिरथ यत्न गरिरहेका छन् । यो अभियानको प्रभाव पिथौरागढ, उत्तराखण्ड, भारतमात्र परिहने होईन यसको प्रभाव वैश्विक नै हुन्छ । यसै अभियानका कारण उहाँ राज्य सरकारबाट सम्मानित भइसक्नु भएको छ । विशाल भारतमा समेत उहाँ नशामुक्त अवस्थीका नामले सुप्रसिद्ध हुनुहुन्छ । भारतका विभिन्न राज्यमा शिक्षा, साहित्य, समाज सेवा र पर्यावरण संरक्षण सम्बन्धि सम्मान द्वारा विभूषित भइसक्नु भएको छ ।

नेपाल भारत सिमा स्थित भारतको उत्तराखण्ड राज्यको पिथौरागढ शैक्षिक साँस्कृतिक धार्मिक नगरी पिथौरागढ निवासी डा. पीताम्बर अवस्थी भारत नेपालको साझा साँस्कृतिक विरासतको उन्नयन र श्रीवृद्धि गर्न नेपाल र भारतका साहित्यकार, सँस्कृतिविद, सँस्कृतिकर्मी, गायक, कलाकारहरूको सम्मेलन र गोष्ठी अयोजना गरिरहनु भएको छ । राजनीतिक रूपमा विभिन्न कालखण्डमा नेपाल भारतका सरकारी असमझदारीलाई निस्तेज गर्न अहम् भूमिका निर्वाह गर्नेछन् उहाले आयोजना गरिरहनु भएका भाषा साहित्य र कला सम्बन्धी द्विदेशीय प्राज्ञिक बौद्धिक र लोक साहित्य सम्बन्धी कार्यक्रमहरूले ।

विभिन्न स्वार्थमा लिप्त जिम्मेवार निकाय र व्यक्तिहरूका कारण उत्पन्न हुने द्विदेशीय तनाव र असमझदारीलाई पनि मत्थर पार्ने अनि समाधानतिर अग्रसर गराउन महत्वपूर्ण मियोका रूपमा सक्रिय अवस्थी भारत नेपालको सम्बन्धलाई सुमधुर बनाई रहनु भएको छ । उहाँले थालनी गर्नुभएका भारत नेपाल साझा विरासतलाई अझ प्रगाढ गर्न गरिएका कार्यक्रमहरू अनुकरणीय , प्रसंशनीय, सह्रानीय छन् । नेपालमा पनि सीमा क्षेत्रका सबै तिर उहाँ पीताम्बर अवस्थी जस्ता व्यक्तित्वको आवस्यकता रहेको देखिन्छ ।

मैले पनि उहाको ज्ञान प्रकाश सँस्कृत पुस्तकालय र हीरादेवीभट्ट इन्टर कलेज पिथौरागढको आयोजनामा सुदूरपश्चिम प्रदेश नेपालका पूर्व मूख्यमन्त्री माननीय राजेन्द्र सिंह रावल प्रमुख अतिथि हुनुभएको भारत–नेपाल अन्तररास्ट्रिय काव्योत्सवमा सहभागी हुने अपूर्व अवसर पाएको थिए । सुदुरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष श्री तीर्थराज पाण्डेय र साहित्यकार हेमबाबु लेखकको सल्लाहमा हामी गणेश बहादुर नेपालीको एकलव्य गजल संग्रह, कैलाश पाण्डेयको एकलव्यको देशमा कविता संग्रह र कृष्ण सिंह पेलाको फूलको प्रहार मुक्तक संग्रह विमोचन गरिएका थिए । यो सुअवसर प्रदान गर्ने आयोजक सहयोगी मन प्रति आभारी छु ।

त्यस्तै म त्यतिबेला कार्यरत विद्यालय श्री धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालय धनगढी कक्षा ११ र १२ का विद्यार्थीहरूलाई पनि फागुन ५ गते २०८० वि.सं. मा डा.अवस्थीले लागुऔषध दुर्व्यसन विरुद्ध को नशामुक्ती अभियान संचालन गरेर विद्यार्थीहरूलाई सुचरित्र निर्माण गर्न, स्वास्थ्य र भविष्य प्रति सचेत रहन, परिवार र समाजप्रति जिम्मेवार हुन उत्प्रेरित गर्नुभयो । त्यसैगरी उहाले आफ्नी आमाको नाममा स्थापित गर्नुभएको हरूली आमा छत्रवृति पनि विद्यालयका छात्रालाई प्रदान गरिने गरि रू. १६०००÷– सोह्र हजार नेपाली रूपैयाँ विद्यालयका प्रधानाध्यापक श्री लक्ष्मण दत्त भट्टलाई नगद प्रदान गर्नु भयो । सोही समारोहमा विद्यालयले उहालाई सम्मान तथा अभिनन्दन गरेको थियो ।

भारत नेपाल साझा साँस्कृति ,लोक साहित्य, भाषाको उन्नयन र श्रीवृद्धिमा कटिबद्ध डा. पीताम्बर अवस्थी समाजसेवा, साहित्य सिर्जना, मातृभूमिको सेवा गरिरहदै उहाको मातृभूमिको घनिष्ट छिमेकी देश नेपाललाई पनि असल छिमेकीका रूपमा हेर्नुहुन्छ । भारत नेपाल सम्बन्धलाई अटल, अटुट र प्रगाढ बनाउने मानस सेतु हुनुहुन्छ साहित्यकार अवस्थी । उहाका अभियान नेपाल भारत सुमधुर सम्बन्धका लागि कोषेढुंगा हुनुहुन्छ ।

लेखक सुदूरपश्चिमाञ्चल साहित्य समाज, धनगढीका महासचिव हुनुहुन्छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान