"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सिलाइकटाइ व्यवसाय प्रति आकर्षित हुँदै कैलालीको ओलानीका महिलाहरु

No data was found

Khabar Raftar

फागुन ०७ धनगढी । कैलालीको ओलानीका महिलाहरू सिलाइकटाइ व्यवसाय प्रति आकर्षित हुन थालेका छन । गाउँमै बसेर कम लगानीमा राम्रो आम्दानी गर्न सकिने भएकाले महिलाहरू सिलाइकटाइ प्रति आकर्षित हुन थालेका हुन । गोदावरी नगरपालिका वडा नम्बर– ११ की सविता खड्काले कक्षा १२ सम्म अध्ययन गरेर सिलाई कटाइ व्यवसायी गरिरहेको बताइन् । घरमै सिलाई कटाइ मेसिन राखेर काम गर्दै आएकी उनले हाल वडाले आयोजना गरेको सिलाई कटाइ तालिममा पनि सहभागीता जनाएकी छन । घरमा मेसिन राखेर काम गरी रहेको बताउदै उनले आम्दानी पनि भईरहेको बताईन ।

वडाले सिलाइकटाइ तालिम आयोजना गरेपछि थप सिकाइ हुन्छ भनेर सहभागि भएको उनले बताइन । त्यसैगरी सिलाइकटाइ तालिममा सहभागि अर्की स्थानीय लक्ष्मी देवी साउदले काम सिकेपछि आफ्नै व्यवसाय गर्ने बताइन् । उनले घरमा खाली बस्नु भन्दा समयको सदुपयोग गर्र्दै सिलाइकटाइ सिकिरहेको बताइन् । स्थानीय खेमा बडौलाले पनि सिलाइकटाइ सिकेर आफ्नै व्यवसाय गर्ने बताइन् । विदेश गएर काम गर्नु भन्दा आफ्नै घर आँगनमा सिलाइकटाइ व्यवसाय गर्ने सोच बनाएको बताउदै उनले महिला, पुरुषका लुगा कुर्ता, सुरवाल, पाइन्ट सर्ट सिलाउन सिकिरहेकी बताईन ।

त्यसैगरी स्थानीय सफिरा चौधरीले सिलाइकटाइबाटै आफ्नो दैनिकी फेरिएको बताइन् । मुक्त कमैया शिविरबाट पुर्नस्थापना भए पछि सिलाइकटाइ पेशा रोजेकी उनले सिलाइकटाइबाटै घर चलेको बताइन् । घरको अब्श्था दयनीय भएको बताउदै उनले अहिले सिलाई कटाइ गरेर कक्षा १२ मा अध्ययन गरी रहेको बताईन । सिलाइकटाइको प्रशिक्षक बनेर काम गरिरहेकी उनले आफू जस्तै महिलालाई सिलाई कटाइ सिकाउन पाउदा खुसी लाग्ने गरेको बताइन् । सुरुमा १० हजार ऋण निकालेर सिलाइकटाइ पेशा सुरु गरेको उनले बताइन् । हाल गोदावरी नगरपालिका वडा नम्बर– ११ ले आयोजना गरेको सिलाइकटाइ तालिममा प्रशिक्षकको रुपमा काम गरिरहेकी उनले सिलाइ कटाइ पेशाले आफ्नो जीवन फेरिएको बताइन् ।

वडा कार्यालयले चालु आर्थिक वर्षमा मात्रै १ सय जना महिलाहरूलाई बेसिक सिलाइकटाइ तालिम सिकाउने लक्ष्य लिएको छ । जसका लागि २ समुहमा विभाजन गरेर सिलाइकटाइ तालिम सञ्चालन भइरहेको वडा अध्यक्ष प्रेम सिह बडैलाले बताए । उनले वडाबाट तालिमका लागि २ लाख बजेट विनियोजन गरिएको बताए । पहिलो ३ महिना ५० जना र दोस्रो ३ महिना ५० जना गरी १ सय जना महिलाहरूलाई सिलाइकटाइ तालिम दिने लक्ष्य लिएको उनले बताए ।

सीलाईकटाई पेशा अँगाल्न मेहनेत बढी लागे पनि लगानी कम लाग्ने भएकाले सबैले गर्न सक्छन् भनेर तालिमलाई बढी जोड दिएका बताउदै उनले विगतमा अन्य धेरै तालिम दिए पनि यस वर्ष सिलाइकटाइलाई बढी जोड दिइएको बताए । उनले यस वर्ष बेसिक सिकेर कम सुरु गरेकालाई डिप्लोमा तालिम दिने बताए ।

बेसिक तालिम दिए पछि काम सुरु गरेकालाई अघिल्लो वर्ष डिप्लोमा लेबलको तालिम दिने उनले बताए । काम सुरु ग¥र्यो भने अनुदानमा मेसिन पनि दिन सक्ने बताउदै उनले त्यसका लागि काम गर्नु पर्ने बताए । उनले अझै पनि वडामा सिलाइकटाइको पर्याप्त सेवा नहुँदा ओलानीबाट लुगा सिलाउन मात्रै अत्तरिया जानु पर्ने वाध्यता रहेको बताए । वडाको पैसा वडामै रोक्न सिलाइकटाइ राम्रो अवसर भएकोे उनले बताए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान