"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

साहित्य क्षेत्रवाट दलित आन्दोलनलाई उर्जा थप्ने दुई जना साहित्यकार सम्मानीत

No data was found

Khabar Raftar

प्रदिप मलासी, पौष २१ धनगढी । दलितका सवालमा साहित्य क्षेत्रवाट दलित आन्दोलनलाई उर्जा थप्ने दुई जना साहित्यकारलाई दलित गैर सरकारी संस्था डीएनएफ सुदूरपश्चिम प्रदेशले सम्मान गरेको छ । शनिबार धनगढीमा आयोजीत सुदूरपश्चिम प्रदेशमा दलित समुदायका प्रमुख सवाल र समाधानका उपायहरु विषयक अन्र्तक्रिया कार्यक्रममा दलित गैरसरकारी संस्था महासंघ सुदूरप्रदेश समितिले साहित्यकार धर्मसिह विक र गणेश नेपालीलाई सम्मान गरेको हो । नेपाली साहित्यका माध्यामबाट आफ्ना सिर्जनाहरुमा दलित समुदायको अवस्था चित्रण गर्नुका साथै समस्या समाधानका विषयमा कलम चलाएको भन्दै दुबै जना साहित्यकारहरुलाई सम्मान गरिएको हो ।

दलितका सवालमा लेखिने हरेक सन्दर्भले जातीय विभेद विरुद्ध र सामाजिक न्यायको पक्षमा वकालत गर्ने भएकाले दुबै जना लेखकहरुको लेखन कार्यको प्रगतीको कामना सहित सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष प्रेम विसीले बताए । यस्ता सिर्जनाहरुले नेपाली समाजमा जातीय विभेद गर्नु हुदैन भन्ने चेतनाको किास गर्ने उनले बताए । दलित समुदायकै कोणबाट नियाल्दा लामो समय देखि साहित्य क्षेत्र मार्फत दलित मुक्ति आन्दोलनलाई सफलता दिन निरन्तर कलम चलाउदै आएका दुई साहित्यकार गणेश बहादुर नेपाली र धर्म सिंह बि क (धिरज) लाई सम्मान गरिनुले दलित साहित्य प्रतिको मोह बढ्ने उनले बताए ।

दलित महिला संघ कैलालीको सहकार्य र दलित गैर सरकारी संस्था महासंघको आयोजनामा शनिवार गरिएको अन्र्तक्रिया कार्यक्रममा दलित मुक्ति आन्दोलन सफलताका बिषयमा निरन्तर कलम चलाउने साहित्यकार गणेश बहादुर नेपाली र धर्म सिंह बि क धिरजलाई टीका खादा सहित कार्यक्रमका प्रमुख अथिति हिरा सार्की र विशिष्ट अथिति टेक बहादुर रैकाले सम्मान गरेका हुन । दलित मुक्ति आन्दोलनलाई सफल पर्न साहित्यक क्षेत्र महत्वपूर्ण भएको बताउदै प्रमुख अतिथी हीरा सार्कीले दलित समुदायले भोग्दै आएका कठिनाईहरुलाई समेटेर कलम चलाउनु आवश्यक भएको बताए । कार्यक्रममा सम्मानीत ब्याक्तिव साहित्यकार तथा पत्रकार धर्मसिंह बि कले दलित गैरसरकारी संस्था महासंघ सुदूरप्रदेशले गरेको सम्मानले अझै दलित सवाल प्रति शसक्त रुपमा कलम चलाउन जीम्मेवारी थपेको बताए ।

आउदा दिनहरुमा साहित्य सृजना मार्फत दलितका समस्याहरुको समाधान खोज्ने बताउदै उनले समाजमा विद्ययमान कुरीती र कुसंस्कारको विरुद्ध लेख्ने प्रेरणा मीलेको बताए ।  दलित आन्दोलन समाज परिवर्तनको एक जटिल एजेण्डा भएकाले यसलाई विभिन्न क्षेत्रवाट दवाव सिर्जना गर्न जरुरी रहेकाले यस्ता कार्यक्रम नेतृत्व कर्ता अनुकुल नभई दलितमाथी हुने समस्या समाधानको अवस्था सिर्जना गर्न आवाश्यक रहेको भन्दै साहित्य क्षेत्रमा आफुले गरेको योगदानको कदर गरि सम्मान गरेकोमा आयोजक दलित गैर सरकारी संस्था महासंघ नेपाल प्रती आभार ब्यक्त गरे । त्यसैगरी अर्कौ सम्मानीत ब्यक्तित्व गणेश नेपालीले आक्रोश नभएको व्यक्ति दलित हुन नसक्ने भएकाले दलित मुक्ति आन्दोलनलाई सफल पार्न आक्रोश आवाश्यकता भएकाले वर्तमान संविधानको मुल मर्म र भावका आधारमा आक्रोश पोख्नु स्वभाबिक भएकाले मन्चमा आथित्यता ग्रह गर्ने अथितिले यसलाई नयाँ रुपमा नबुझ्न आग्रह गरे ।

व्यवस्था अनुसार दलित समुदायको योगदान अतुलनिय रहेकाले दलित मुक्ति आन्दोलनलाई सफल बनाउन हरेक क्षेत्रमा आस्था राख्ने दलितहरुले सक्रियता देखाउन जरुरी रहेको भन्दै गैर सरकारी संस्था महासंघले गरेको सम्मान प्रति आभार ब्यक्त गरे । दलित गैर सरकारी संस्था महासंघ निरन्तर दलित मुक्तिका लागि लडने सझा संस्था भएकाले दलित आन्दोलनको सहयोगका लागि आफुहरुले निरन्तरता दिदै दलित आन्दोलनलाई सहयोग गर्ने हरेक क्षेत्रमा कार्यरत साथीहरूको सम्मानका लागि दलित गैर सरकारी संस्था महासंघ तयार रहृको दलित गैर सरकारी संस्था सुदूरपश्चिम प्रदेश उपाध्यक्ष दुर्गा नेपालीले बताईन । दलित आन्दोलन ७ दशक देखि उकालो लागे पनि जातिय छवाछूतको बिषयले अहिले सम्म सार्थकता प्राप्त गर्न नसक्नुले राज्यले दलित समुदाय प्रति अपमान गरेको महसुस हुन थालेको उनल बताईन ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान