"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

धनगढीमा एकै दिन तिन जना स्रष्टाहरुका ३ वटा कृतीको विमोचन

No data was found

Khabar Raftar

पौष १४ धनगढी । धनगढीमा एकै दिन तीन जना स्रष्टाहरुले लेखेका ३ वटा कृतीको विमोचन गरिएको छ । शनीबार सदूरपश्चिमाञ्चल साहित्य समाजले आयोजना गरेको पुस्तक विमोचन कार्यक्रम्मा गणेश नेपालीको एकलब्य,कृष्ण पेलाको फुल्को प्रहार र कैलाश पाण्डेको एकलब्यको देशमा कृतीको एकैसाथ विमोचन गरिएको हो । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देबराज जोशीले तीनै जना स्रष्टाहरुले लेखेका उक्त कृतीहरुको विमोचन गरेका हुन । पुस्तक विमोचन कार्यक्रम्का प्रमुख अतिथि तथा प्रदेश प्रमुख जोशीले संसारलाई चिनाउन साहित्यको अहम भूमीका रहेको बताउदै सुदूर पश्चिमलाई चिनाउन सुदूरपश्चिम प्रदेशका साहित्य सर्जकहरुले महत्वपूर्ण भूमीका निर्बाह गर्दै आएको बताए ।

उनले एकै पटक ३ वटा सर्जकहरुका ३ वटा कृती विमोचन गर्न कार्यले सुदूरपश्चिम प्रदेशमा साहित्यले फड्का मारेको प्रमाण भएको बताउदै तिनै जना स्रस्टाहरुलाई लेखनकार्यको प्रगतीका लागीे शुभकामना ब्यक्त गरे । सुदूरपश्चिम प्रदेशको कला संस्कृती, विकास र सम्भावनाका क्षेत्रमा लेखकहरुको कलम चलोश भन्ने शुभकामना दिदै प्रदेश प्रमुख जोशीले सुदूरपश्चिमाञ्चल साहित्य समाजले साहित्यीक महोत्सवको आयोजना गरेर विश्वमा चीनाउने कार्य गर्दै आएकोमा त्यसको निरन्तरताको लागी कामना समेत ब्यक्त गरे ।

कैलाश पाण्डेको एकलब्यको देशमा कृतीको समिक्षा गर्दै साहित्यकार बासुदेव पाण्डेले सत्ता र शक्तीको भरमा काम गर्दै आएको सरकारलाई गतीलो प्रहार गरिएको जानकारी गराए । उनले कृतीमा दलित समुदायलाई बैज्ञानीक समुदायको रुपमा चित्रण गरिएको बताउदै दलित समुदाय साच्चिकै बज्ञानीक भएको बताए । उनले पाण्डेको कृती एकलब्यको देशमा राष्ट्रियता, मानवता र दयामाया सबै समेटिएको बताए । त्यसैगरी कृष्ण सिह पेलाको फुलको प्रहारको समिक्षा गर्दै कैलाली बहुमुखि क्याम्पसका प्राध्यापक सिताराम भट्टले फुलको प्रहार साच्चीकै फुल जस्तै सेजना भएको बताए ।

उनले सरकारलाई सर्जकले फुलको प्रहार गर्दै समाजलाई फुल जस्तै बनाउन अपील गरेको बताए । स्रष्टाहरु समाजका ईन्जीनियर भएको बताउदै उनले समाजमा ब्याप्त अभाव , गरीबी र पछौटेपन जस्ता हरेक विषयमा चिन्तन गर्दै कस्तो नक्सा बनाउने भन्ने विषयमा चिन्तीत रहने गरेको बताए । त्यसैगरी गणेश नेपालीले लेख्नु भएको एकलब्यको समीक्षा गर्दै पहिलो महिला गजलकारश्रेष्ठ प्रीया पत्थरले सुदूरपश्चिम प्रदेशमा पहिलो गजल २०२० सालमा दशरथ चन्द पकाशित भएको बताउदै एकलब्य गजल संग्रहमा दलितका सवालहरु उठान गरिएको बताईन । एकलब्य जातीय विभेदका घटनाहरुको संक्षिप्त चित्रण भएको बताउदै उनले पश्चिम रुकुममा भएको नरसम्हारको समेत चित्रण गरिएको बताईन ।

एकलब्य छुवाछूत विरुद्धको विम्ब भएको बताउदै लेखक नेपालीले आर्थिक विभेद, जातीय विभेद र सामाजीक विभेदको यथार्त चित्रण गरेको बताईन । तत्कालीन राष्ट्रपती विद्यादेवी भण्डारीले जानकी मन्दिरमा जाँदा शुद्धीकरण गरिएको घटना प्रति तिखो प्रहार गरिएको बताउदै देश निर्माण र विश्वासको संकटका विषयमा उठान गजलमा गरिएको बताईन । उनले ३ वटै कृती एकैसाथ विमोचन गरिनुले साहित्यलाई सम्बृद्ध बनाएको बताईन ।

त्यसैगरी ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्टले समाजको रुपान्तरण कृती भएको बताउदै साहित्यकार समाजको ऐना भएको     बताए । उनले सञ्जोगले कैलाश, गणेश र कृष्णको एकैसाथ कृती विमोचन गरिनुले साहित्यमा फडको मार्ने काम भएको बताए । सुदूपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन महासचिव गणेश नेपालीले गरेका थिए भने थुप्रै साहित्य प्रेमी ब्यक्तित्वहरुले शुभकामना मन्तब्य राखेका थिए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान