पौष १३ धनगढी । सुदूरपश्चिम लोक सांस्कृतिक समाज फूलवारीको आयोजनामा खुल्ला डेउडा प्रतियोगिता हुने भएको छ । शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै आयोजकले खुल्ला डेउडा प्रतियोगिता हुने जानकारी गराएको हो ।
सुदूरपश्चिमका नौ वटै जिल्ला र कर्णाली प्रदेशबाट समेत टिमको सहभागीता हुने गरी प्रतियागिता आयोजना गरिएको आयोजकले जानकारी गराएको हो ।
सुदूरपश्चिमको भाषा, कला , संस्कृतिको जगेर्ना गर्ने उद्देश्कासाथ डेउडा प्रतियोगिता आयोजना गरिन लागेको सुदूरपश्चिम लोक सांस्कृतिक समाजका अध्यक्ष तिलक बहादुर ओलीले बताए ।
प्रतियागिताको प्रथम पुरस्कार ४० हजार, द्वितीय पुरस्कार नगद २५ हजार , र तृतीय पुरस्कार नगद १० हजार सहित प्रमाणपत्र रहेको सुदूरपश्चिम लोक सांस्कृतिक समाजका अध्यक्ष ओलीले बताए ।
डेउडा प्रतियोगितामा सहभागी हुने समूहलाई १ हजार दर्ता शुल्क रहेको आयोजकले जानकारी गराएको छ । डेउडा समुह पुस १३ देखि २४ गते बेलुकी सम्म दर्ता गर्न सकिने अध्यक्ष ओलीले जानकारी गराएका छन ।



