- हेमन्त प्रकाश वली,कार्तिक ०४ दाङ । दाङको तुलसीपुरमा नेकपा एमालेका जिल्ला कमिटी सदस्य हिरालाल वली सहित विभिन्न पार्टीबाट १९ जना नेपाल कम्युनिस्ट पार्टी प्रवेश गरेका छन् । शनिबार तुलसीपुर वडा नम्बर–१५ मलवारमा नेकपा पश्चिम दाङद्वारा आयोजित शुभकामना आदानप्रदान तथा ध्रुवीकरण कार्यक्रममा वलीसहित १९ जना नेताकार्यकर्ताले नेकपा प्रवेश गरेका हुन् ।

- नेपाल कम्युनिस्ट पार्टी प्रवेश गर्नेहरुमा नेकपा एमाले दाङ जिल्ला कमिटीका सदस्य हिरालाल वली , एमाले कार्यकर्ता पार्वती केसि , सहकारीकर्मी कृष्ण योगि , माओवादी केन्द्रका मनोज चौधरी , शुरेश चौधरीका साथै अन्य किसानहरु दिपेन्द्र प्रसाद गुप्ता , शक्ति चौधरी , प्रकाश चौधरी , हेमराज चौधरी , बाबुराम चौधरी , सुरेश चौधरी , उमेश चौधरी , निरज चौधरी , सहकारीकर्मी सीता बस्नेत , होटल व्यवसायी कमला लामिछाने , कृषक देवनारायण चौधरी , जित बहादुर चौधरी , नाम नारायण चौधरी , व्यवसायी शोभाराम गौतम लगाएतले नेकपा प्रवेश गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सविन सीले दलाल पुजीवादी संसदीय व्यवस्थाका कारण नेपालका लाखौं युवाहरु चाडपर्वमा परिवारभन्दा टाढा भएर बस्नुपर्ने बाध्यतामा रहेको बताएका छन् ।
- शनिबार नेकपा पश्चिम दाङद्वारा तुलसीपुर वडा नम्बर–१५ मलवारमा आयोजित शुभकामना आदानप्रदान तथा ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा वताएका हुन् । नेकपा राप्ती ब्युरो इन्चार्ज समेत रहेका नेता सविनले नेपालमा चलिरहेको दलाल पुजीवादी संसदीय व्यवस्थाका कारण नेपाली युवाहरुले नेपालीहरुको बिशेष चाडमा समेत परिवारसंगै बसेर खुसी साट्ने अवसरबाट बन्चित भएको बताए । यो सत्ताले नेपालमा युवाहरुलाइ रोजगारी प्रदान गर्न नसक्दा आज लाखौं युवाहरु बिदेशी भुमिमा आफ्नो श्रम बेच्न बाध्य भएको उनले बताए । नेपाललाई आत्मनिर्भर बनाउन सकिने बताउदै नेता सविनले राज्य सत्ताले रेमिट्यान्सको लोभमा दैनिक हजारौं युवाहरुलाई बिदेशमा धकेलिरहेकाले त्यसो हुन नसकेको बताए । त्यसैले हामीले यो सत्ता बदल्न चाहेका छौँ ।
- हामी नेपालमै युवाहरूलाई रोजगारीको ग्यारेन्टीसंगै , गाँस , बाँस , कपास , शिक्षा , स्वास्थ्यको ग्यारेन्टी हुने वैज्ञानिक समाजवादी ब्याबश्था स्थापना गर्न चाहान्छौ उनले भने । नेपालमा दलाल पुजीवादी सत्ताको विकल्प समाजवाद भएको बताउदै नेता सविनले पुराना पार्टीहरुले दलाल पुजीवादको दलदलमा पसेकाले पुराना पार्टीहरु प्रती नेपाली युवाहरुको विकर्षण पैदा भइरहेको बताए । पुराना दलहरुले जनतालाइ प्रयोग गरेर सत्तामा जाने र जनतालाइ बिर्सनुले गर्दा उनिहरु विघटनको प्रक्रियामा रहेको उनले बताए । नेता सविनले नेपालका अगाडि दुईवटा समस्याहरु ज्वलन्त रुपले खडा भएको बताउदै नेपालमा अमेरिका आईसकेकाले विनाश मच्चाउन सक्ने बताए ।
- अमेरिकाले साम्राज्यवादी युद्धहरुमा नेपाली युवाहरुलाइ प्रयोग गरिरहेको बताउदै उनले नेपाललाई युवा विहिन बनाएर नेपालमा सैनिक क्याम्पहरु खडा गरिरहेको बताए । नेपालला प्राकृतिक सम्पदाहरु कब्जा गर्ने र चिनका विरुद्ध घेराबन्दी गर्ने अमेरिकी योजना भएको बताउदै उनले जनता जागरुक नभए नेपाल युक्रेन , अफगानिस्तान र इजरायल–प्यालेस्टाइन बन्ने खतरा भएको बताए । त्यस्तै शुभकामना आदानप्रदान तथा ध्रुवीकरण कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य एवम पश्चिम दाङका इन्चार्ज प्रदिप सीले देश र जनतालाइ सार्वभौमसत्ता सम्पन्न बनाउन समाजवाद स्थापनाको विकल्प नरहेको बताए ।
- नेता प्रदिपले अहिले बनेको समाजवादी मोर्चा बारेमा भ्रमित नहुन अपिल गर्दै मोर्चा नेपाली बिशेषताको समाजवाद स्थापनाका लागि बनेको बताए । त्यस्तै कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय प्रतिनिधि समितिका सदस्य एवम युवा संगठन नेपालका महासचिव तिलक सीले जनताका आधारभुत समस्याहरु हल नगर्ने पार्टीलाई अब जनताले बिश्वास नगर्ने बताए । ध्रुवीकरण कार्यक्रम मार्फत नेकपा प्रवेश गरेका एमालेका तत्कालीन जिल्ला कमिटी सदस्य हिरालाल वलीले नेकपाको क्रान्तिकारी बिचारधारा मार्फत मुलुकलाइ सम्मुनत राष्ट्रका रुपमा विकास गर्न सकिने बताए । त्यस्तै नेकपा प्रवेश गरेका सहकारीकर्मी कृष्ण योगिले नेकपाको आत्मनिर्भर अभियानबाट प्रेरित भएर पार्टी प्रवेश गरेको बताए ।
- नेकपाका केन्द्रीय सदस्य एवम पार्टीका राप्ती ब्युरो इन्चार्ज सविन सीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम पार्टीका पश्चिम दाङका इन्चार्ज प्रदिप सी , पार्टीका केन्द्रीय प्रतिनिधि समितिका सदस्यहरु विकाश सी , सन्दिप सी , तिलक सी , जनक सी , सहकारीकर्मी कृष्ण योगि , नेकपा नवप्रवेशी हिरालाल वली , बरिस्ठ प्रहरी सहायक निरीक्षक भिम बस्नेतको आतिथ्य रहेको थियो । कार्यक्रममा नेकपा पश्चिम दाङको सामना परिवारले बिशेष सांगीतिक नृत्यहरु प्रस्तुत गरेको थियो । नेकपा तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज भुवन सीले संचालन गरेको कार्यक्रमको अध्यक्षता नेकपा पश्चिम दाङका सचिव निर्मल सीले गरेका थिए ।

Post Views: 202



