भरत दास, असोज १३ धनगढी । के .एम .सि म्युजिक क्लब कैलाली बहुमुखी क्याम्पसको आयोजनामा बृहत सांगीतिक कार्यक्रम हुने भएको छ । स्थानिय तथा राष्ट्रिय कलाकार प्रति हाम्रो सम्मान, भाषा ,कला र संस्कृतिको संरक्षण गर्नु हाम्रो अभियान भन्ने मुला नाराका साथ हिन्दु नेपालीहरुको महान चाड वडा दंशैको पावन अवसरमा बृहत सांगीतिक कार्यक्रम हुने भएको हो ।
के एम सि म्युजिक क्लबको आयोजनामा यहि असोज १७ गते कैलाली बहुमुखी क्याम्पसमा दशै विशेष एक दिवसिय बृहत सास्कृतिक कार्यक्रम हुने आयोजकले जानकारी गराएको हो । उक्त कार्यक्रमको मुख्य आक्रर्षकका रुपमा नेपाल आइडल सिजन २ का बिजेता लोकपृय कलाकार रबि वड , बिशिष्ठ डेउडा गायक भुवन दाहालसङ्गै स्थानीय कलाकारहरुको विशेष प्रस्तुति रहने के एम सि म्युजिक क्लबका अध्यक्ष रिसान्त ओझाले बताउनु भयो ।
अहिलेको पिडी आफ्नो भाषा कला संस्कृति बिर्सिदै गएको र त्यसलाई जगेर्ना गर्ने जिम्मा सबैको काधमा रहेको बताउदै ओझाले त्यही उदेश्यकासाथ सुदूरपश्चिमका शान नेपाल आइडल सिजन २ का बिजेता रबि वड तथा वरिष्ठ देउडा गाएक भुबन दाहाललाई सांगीतिक कार्यक्रममा बोलाएको ओझाले जानकारी गराए । उक्त कार्यक्रम कैलाली बहुमुखी क्याम्पसको सभा हलमा दिउँसो ११ बजे देखि सुरु हुने उनले जानकारी गराए ।



