भदौ १५ धनगढी । कैलालीको कैलारी गाउँपालिकाबाट २२ हजारको अवैध पान मसला बरामद गरिएको छ । शुक्रबार इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको १ सय पोका पान मसला बरामद गरेको हो ।
कैलारी गाउँपालिका वडा नम्बर– ९ गदरिया स्थित भित्रि सडक खण्डमा बनकट्टाबाट गदरीया तर्फ् जाँदै गरेका १७ बर्षिय दिपेश चौधरीले चलाएको से ३ प ३२ नम्बरको मोटरसाइकलबाट उक्त पान मसला बरामद गरिएको इलाका प्रहरी कार्यालय हसुलियाले जनाएको हो ।
प्रहरीले बरामद सामान र मोटरसाइकल सहित चौधरीलाई थप कारवाहिका लागि जिल्ला प्रहरी कार्यालय धनगढी पठाएको जानकारी गराएकोे छ ।
Post Views: 121


