"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

धनगढीको दक्षिणकाली हाटबजारमा उपमहानगरले डोजर चलायो

No data was found

Khabar Raftar

भदौ ०८ धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित दक्षिणकाली हाट बजारमा धनगढी उपमहानगरपालिकाले डोजर चलाएको छ । शुक्रबार दिउँसो व्यवसायीहरुलाई कुनै जानकारी नदिई उप महानगरपालिकाले एक्कासी डोजर चलाएको हो । वर्षातको समयमा व्यवसाय गरिरहेको स्थानमा उप महानगरपालिकाले डोजर चलाए पछि व्यवसायीहरुको विचल्ली भएको छ । व्यवसायी यमराज रावलले पसलमा डोजर चलेपछि सामान कसरी व्यवस्थापन गर्ने भन्ने तिन्ताले सताएको बताए ।

हाट बजार भित्र बनेको पक्की गोदाम भित्र तरकारी, फलफूलका होलसेल पसलहरु रहेको बताउदै उनले सडक किनारमा रहेका केही कोठाहरुमा किराना, चिया पसलका साथै मासु पसल रहेको बताए । भुपु सैनिक सहकारी संस्थाले सम्झौता गरि विभिन्न व्यापारीहरुलाई व्यवसाय सञ्चालन गर्न अनुमति दिएको भुपु सैनिक सहकारी संस्थाका अध्यक्ष शंकर सिंह ऐरीले बताए । उनले भाडा सम्झौता गरेको ठेकेदारलाई मासिक रुपमा बुझाउँदै आइरहेको जानकारी गराए ।

अझै एक वर्षसम्मको सम्झौता बाँकी रहेको बताउदै उनले उप महानगरपालिकाले एक्कासी जानकारी नदिई डोजर चलाएको बताए । सटरका विषयमा पटक–पटक उप महानगरपालिकासंग संवाद भएको र सम्झौता गरेको मानिसलाई सटरबाट आएको भाडा बुझाउने भए पनि उप महानगरपालिकाले सिधै आफनो खातामा आउनु पर्ने दबाब दिइरहेको उनले बताए । एक सय २५ सेयर सदस्य रहेको उक्त सहकारीले ठेक्का सम्झौता गरेका ठेकेदारसंग साढे ४ लाख धरौटी जम्मा रहेको उनले बताए ।

उपमहानगरपालिकाले हाटबजार आफनो मातहातमा आइसकेकाले त्यहाँ भएका सम्पूर्ण व्यवसाय हटाउन डोजर चलाएको बताएको छ । धनगढीका ब्यवसायी ओम पाठकले ठेक्का सम्झौता गरेर चलाएको हाट बजारको गत पुसमा सम्झौता मिति सकिए पछि छ महिना भित्र खाली गर्न भनि पत्राचार गरिसकेको उप महानगरपालीकाले जनाएको छ । साउन देखिको भाडा उप महानगरपालिकालाई पनि नदिने हटन् पनि नमाने पछि डोजर चलाएको राजश्व शाखा प्रमुख योगेन्द्र प्रसाद चन्दले बताए ।

व्यवसायीहरुले भाडा पनि नदिने हटन् पनि नमाने पछि डोजर चलाएको बताउदै उनले सम्झौता सकीए पछि किसानका कोल्ड स्टोर पनि भएकाले साउन देखिको भाडा उप महानगरपालिकालाई दिन भनेको भए पनि अटेर गरेकाले डोजर चलाउन बाध्य भएको बताए । उनले हाटबजार हटाएर सपिङ कम्पलेक्स बनाउने योजना रहेको बताए । उनले सपिङ कम्पलेक्सका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइरहेको जानकारी गराए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान