भरत दास, भदौ ०८ धनगढी । मेरा वाँज परदेश वाइग्या देउडा ठाडी भाकाको भिडियो सार्वजनिक गरिएको छ । बिहिवार एक कार्यक्रम बीच उक्त भिडीयो सार्वजनिक गरिएको हो । कुमार यूटुव च्यानलबाट सार्वजनिक गरिएको उक्त भिडीयोको गितमा धर्मा बोहरा भावना र विक्रम कुँवर प्रतीकको स्वर रहेको छ ।
गीतको लय र शब्द विक्रम कँुवर प्रतीकको रहेको छ । भिम थापाले निर्देशन गरेको मेरा वाँज परदेश वाइग्या देउडा ठाडी भाकाको भिडियो देउडा गितमा ललित साँउद र उर्मिला कुँवरले अभिनय गरेका छन । उक्त भिडीयोलाई दर्शकहरुले असाध्यै मन पराए पछि दर्शकै माग अनुसार भिडियो बनाएको प्रतीकले जानजकारी गराए ।
गरिबीका कारण वाध्य भएर प्रदेसिनु पर्ने सुदूरपश्चिमबासीको विषयलाई समेटेर निर्माण गरिएको उक्त भिडियोमा सुदूरपश्चिको भाषा प्रयोग गरिएको छ । उक्त गितको अडियो दर्शकले अ साध्यै मन पराएको उनले बताए ।
कर्णाली रेकर्डिङ स्टुडियो अत्तरियाले अडियो भिडियो रेकर्डिङ गरेको र गीति एलबम बजारमा ल्याउन विषेश सहयोग गर्ने अत्तुल बम नरेसलाई उनले विशेष धन्यबाद दिएका छन । उनले भिडीयो हेरेर सहयोग गरिदिन हुन दर्शक लाई अनुरोध समेत गरेका छन ।


