धनगढी, भदौ ७ गते । गोरखापत्र सञ्चालनमा योगदान गरेको मानवतावादी राजा राष्ट्रिय विभूती स्व. जयपृथ्वीबहादुर सिंहको १४७ औँ जन्मजयन्ती मनाइएको छ । विहीबार सुदूरपश्चिम साहित्य समाज र सुर्मादेबी बझाङगी समाजको संयुक्त आायोजनामा मानवतावादी राजा राष्ट्रिय विभूती स्व. जयपृथ्वीबहादुर सिंहको १४७ औँ जन्मजयन्ती मनाइएको हो ।
जन्म जयन्ती समारोहका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले स्व. सिंहले कलियुगमा उहाँजस्ता राजा, शासकहरू मुस्किलले पाइने बताउदै उहाँ दोस्रो बुद्ध भएको बतउनु भयो । स्व. सिंहले बझाङको केन्द्र तोक्ने काम पनि वैज्ञानिक तरिकाले गरेको चर्चा गर्दै उहाँले समाज सुधारका धेरै काम गरेको बताउनु भयो । जनताका लागी सुख सयल र राज गद्धी त्यागेर सेवामा लागेका स्व. सिंह जस्तो महान मान्छे विरलै जन्मीने गरेको बताउनु भयो ।
उहाँको सोच, कीर्ति, क्षमता, व्यक्तित्वबारे चर्चा गर्ने सामर्थ्य राख्न नसक्ने बताउदै प्रदेश प्रमुख जोशीले स्व. सिंहले राजपाठ छाडेर भारत गएर बस्नु, जनताको आँखा खोल्न गोरखापत्र स्थापनामा योगदान गर्नु, मानवतावादको लागि संघर्ष गर्नु र राणाको भान्जा तथा ज्वाइँ भएर पनि सोही शासनविरुद्ध लाग्नु महान् कार्य भएको बताउनु भयो । सुदूरपश्चिम साहित्य समाज र सुर्मादेवी समाजको संयुक्त आयोजनामा भएको कार्यक्रममा धनगढीका साहित्यकार र समाजसेवीले मन्तव्य र साहित्यिक सिर्जनाबाट स्व. सिंहका योगदान बारे चर्चा गरेका थिए ।
सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको कार्य क्रमको सञ्चालन महासचिव गणेश नेपालीले गरेका थिए भने अतिथिहरुलाई धन्यबाद बरिष्ठ उपाध्यक्ष हरिषचन्द्र कठायतले दिनु भएको थियो । कार्यक्रममा धनगढी नमुना माध्यामिक बिधालयका प्राधानाध्यापक लक्षमण दत्त भट्ट लगाएका व्यक्तिलाई सम्मान गरिएको थियो ।


