प्रशान्त विश्वकर्मा, भदौ ०४ धनगढी । दशैकोे अवसरमा आई लाइव नेपाल इन्टरटेनमेन्टले मेला आयोजना गर्ने भएको छ । सोमबार आयोजक संस्थाले धनगढीको रुबस होटलमा पत्रकार सम्मेलन गरी उक्त विषयमा जानकारी गराईएको हो । आउदो असोज २७ गते देखि कार्तिक ०४ गते ८ दिन सम्म आई लाइव नेपाल इन्टरटेनमेन्टले मेला आयोजना गर्ने संस्थाका धिरज विक्रम सिंहले पत्रकार सम्मेलनमा जानकारी गराएका हुन ।
मेलाका लागी १ करोड ३२ लाख लागत खर्च अनुमान गरिएको समेत सिंहले जानकारी गराए । असोज २७ गते देखि कार्तिक ०४ गते ८ दिन सम्म धनगढीमा आयोजना गरिने दशैं मेला २०८० मा प्रबश शुल्क १ सय रुपैया तिर्नु पर्ने जानकारी गराउदै उनले विहान ११ बजेबाट सुरु हुने मेलामा राति ९ बजे सम्म सास्कृतिक कार्यक्रम गरिने उनले जानकारी गराए ।
त्यसैगरी मेलामा स्टल भाडादर डेरी जन्यलाई १५ हजार, कृषिजन्य बस्तुलाई ८ हजार, हस्तकला तथा महिला उधमीलाई १० हजार, बैक, वित्तीय तथा बिमालाई २५ हजार, सरकारी कार्यालय तथा शैक्षिक संस्थालाई २० हजार, निजि अस्पताललाई २५ हजार,गैर सरकारी संस्थालाई २५ हजार, अटो मोबाईल (चार पाङग्रे) लाई ३५ हजार, अटो मोबाईल (दुई पाङग्रे)लाई ३० हजार, घरेलु उपकरणलाई २५ हजार, ठुला उधोग प्रतिष्ठानलाई २५ हजार, मझौला उधोग प्रतिष्ठानलाई २० हजार, व्यापरिक फार्म (स्थानिय)लाई १५ हजार र व्यापारिक फर्म (अन्य) लाई २० हजार कायम गरिएको उनले जानकारी गराए ।
कैलाली उधोग बाणिज्य संघले मेला महोत्सबको सबै भन्दा पहिले आयोजना गरेको धनगढीमा आई लाइव नेपाल इन्टरटेन्मेन्टले पहिलो पटक सुदूरपश्चिम प्रदेशमा आएर दशै मेलाको आयोजना गर्न लागेको सिहले जानकारी गराए । त्यसैगरी राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा मेला आयोजना गर्दै आएको आई लाइव नेपाल इन्टरटेन्मेन्टले स्थानिय व्यापार ,मनोरञ्जन र कला संस्कृतिलाई थप टेवा पु¥याउने उदेश्यले मेलाको आयोजना गर्न लागेको सिंहले जानकारी गराए ।
उनले ईसेवा मार्फत स्टल बुकिङ गर्नुका साथै टिकट पनि काटन सकिने जानकारी गराएका छन । पत्रकार सम्मेलनमा नेपाल पत्रकार संघ कैलालीका अध्यक्ष हिमाल जोशी लगायत अन्य पत्रकारहरुको उपस्थिति रहेको थियो ।


