भरत दास,भदौ ०३ धनगढी । चोली घागरी देउडा गितको भिडीयो सार्बजनीक गरिएको छ । आईतबार एक कार्यक्रम बीच चोली घागरी देउडा गितको भिडीयो सार्वजनिक गरिएको हो । गौतम डिजिटल यूटुव च्यानलबाट आज सार्वजनिक गरिएको चोली घागरी देउडा गितमा शेर साउद र गौरी भट्टको स्वर रहेको छ ।
त्यसैगरीे लय भने शेर बहादुर साउदकै रहेको छ । कुमार मटेलीको शब्द रहेको उक्त गितको ऐरेन्जर केशव बुडा हुन । क्यामरा पर्सन विकास रोकया र एडिट अनिता रोकायाले गरेका छन । शंकर जप्रेलले निर्देशन गरेको चोली घागरी देउडा गितमा हंशु बहादुर जप्रेल र लक्ष्मी जप्रेलको अभिनय रहेको छ ।
उक्त गीतको अडियो दर्शकहरुले मन पराए पछि दर्शककै माग अनुसार भिडियो बनाएको धन राज पार्कीले जानकारी गराए । सुदूरपशिमेली भाषामा बनेको उक्त गितको अडियो दर्शकले असाध्यै मन पराएको उनले जानकारी गराए ।
Post Views: 1,551


