साउन १४ धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर– ३ अत्तरियामा रहेको रेडियन्ट ग्याँस उद्योगलाई जरिवाना गरिएको छ । शुक्रवार उद्योगमा गरिएको अनुगमनका क्रममा ग्याँस सिलिन्डरमा मापदण्ड भन्दा कम र बढी ग्यास भरेको भेटिएको पाइए पछि जरीवाना गरिएको हो ।
शुक्रवार उद्योगमा सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको नेतृत्वको टोलीले अनुगमन गरेको थियो । अनुगमनका क्रममा ग्याँस उद्योगले १४ दशमलव २ किलोग्राम ग्याँस भर्नुपर्नेमा कुनै सिलिन्डरमा तोकिए भन्दा निकै कम र कुनै सिलिन्डरम तोकिए भन्दा बढी ग्याँस भर्ने गरेको फेला परेपछि कारवाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताएका छन ।
बढी ग्याँस भर्दा सिलिन्डर बिस्फोट हुन सक्ने जोखिम रहने र तोकिए भन्दा कम ग्यास भर्दा पनि कानूनको उल्लङघन गरिएको देखिएकाले ५० हजार जरिबाना सहित सचेत गराउने निर्णय भएको उनले बताए ।


