वैशाख ०३ धनगढी । सुदूरपश्चिम प्रदेशमा थप एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। कञ्चनपुरको भिमदत्त नगरपालिकाकी ७३ वर्षीय वृद्धाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको हो ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले आईतबार बिहान साढे ८ बजेतिर सेती प्रादेशिक अस्पतालमा उनको मृत्यु भएको जानकारी दिए । ती वृद्धामा चैत्र २६ गते कोभिड पुष्टि भएको उनले जानकारी गराए ।
Post Views: 95


